भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पेट्रोलियम पदार्थ नविकरणीय उर्जा होइन । त्यसैले पृथ्वीमा भएको यसको भण्डार रित्तिँदैछ र कुनै दिन पेट्रोलियम पदार्थ पूरै सकिनेछ । अहिले पृथ्वीमा गुड्ने अधिकांस सवारी साधनहरु पेट्रोलियम पदार्थबाटै चल्छन् । विद्युतिय सवारी साधन निकै कम मात्र छन् । यद्यपि विद्युत वा अन्य उर्जाबाट चल्ने तथा पेट्रोलियम पदार्थबाटै चलेपनि निकै कममात्र इन्धन खपत गर्ने सवारी साधनको आविष्कार तथा निर्माणमा वैज्ञानिकहरु जुटिरहेका छन् ।
अनुसन्धानको यहीँ मेलोमा संयुक्त अरब इमिरेट्सका युवा वैज्ञानिकहरुले यस्तो किफायती कारको डिजाइन तयार पारेका छन् की यो कार एक लिटर पेट्रोलले १ हजार किलोमिटर गुड्न सक्छ । युएइका इन्जिनियरिङका विद्यार्थीहरुले डिजाइन गरेको यो कारको नाम इको दुबइ १ राखिएको छ । यो कार निर्माणको अन्तिम चरणमा रहेको र आउँदो दुइ हप्ताभित्रमा परीक्षण लागि गुडाइने बताइएको छ ।
दुइबस्थित हायर कलेज अफ टेक्नोलोजीका विद्यार्थीहरुले पछिल्लो दुइ वर्ष यसको डिजाइन तथा निर्माणको काम गरिरहेका छन् । २५ किलोग्राम मात्र तौल रहने यो कारको लम्बाइ २ मिटर तथा चौडाइ आधा मिटर रहेको छ । यो कार आउँदो जुलाइमा मलेशियामा हुने कार दौडमा समेत सहभागी हुने बताइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.