भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
विश्वमा मानव अधिकारको क्षेत्रमा क्रियाशील मानव अधिकारकर्मी तथा विभिन्न देशमा क्रियाशील मानवीय सहायकताकर्मीहरुको सुरक्षा गर्ने ब्रासलेट बजारमा आउँदैछ । जोखिमपूर्ण क्षेत्रमा काम गरिरहेका मानव अधिकारकर्मी तथा सहायताकर्मीको सुरक्षाका लागि उच्च प्रविधिउक्त ब्रासलेट निर्माण गरिएको हो ।
यो ब्रासलेट अपहरण तथा हत्याको जोखिममा रहेका मानवअधिकारकर्मी तथा सहकायताकर्मीहरु को लागि लक्षित रहेको बताइएको छ । यो ब्रासलेट लगाउने व्यक्ति जब खतराजनक स्थितिमा पुग्छ तब यसमा जडित फोन तथा स्याटेलाइट प्रणालीले त्यसको सूचना प्रवाह गर्दछ ।
यस्तो चेतावनी युक्त सन्देश फेसबुक तथा टि्वटरमा प्रवाहित हुन्छ । त्यस्तो सूचना सम्बन्धित निकायले प्राप्त गर्ने भएकाले चेतावनीयुक्त सूचना पाउने बित्तिकै जोखिमपूर्ण स्थितिमा रहेका मानव अधिकारकर्मी तथा सहायताकर्मीहरुको तत्काल उद्दार गर्न सकिने सम्भावना रहन्छ ।
यहीँ हप्ताभित्रमा यो उच्च प्रविधियुक्त ब्रासलेट सार्वजनिक गरिने सिभिल राइट डिफेन्डर नामक मानव अधिकारवादी संस्थाले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.