Widgets

Home » » चारदल अब पेन्डुलम भैसके : वैद्य (अन्तरवार्तासहित)

चारदल अब पेन्डुलम भैसके : वैद्य (अन्तरवार्तासहित)

Written By sangalo on Monday, April 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ चैत, काठमाडौं , नेकपा- माओवादीका अध्यक्ष मोहन वैद्य किरणले चारदल पेन्डुलम भएको र उनीहरुका हातमा सत्तासम्बन्धी कुनै पनि हैसियत नरहेको बताउनुभएको छ ।
mohan baidya‘अब सत्ता त कि राष्ट्रपति, कि अन्तरिम चुनावी सरकार प्रमुखका हातमा छ, चारदल त अब पेन्डुलम भइसके ।’ अनलाइनखबरलाई विशेष अन्तरवार्ता दिनेक्रममा उहाँले भन्नुभयो- ‘प्रचण्डजीले नै भनिसक्नु भयो नि, अब हामी जनआन्दोलनमा जानुपर्छ भनेर ।’
चारदलीय संयन्त्रले सरकार चलाएको भन्ठान्नु भ्रममात्रै रहेको अध्यक्ष वैद्यले दाबी गर्नुभयो । ‘हामीले त्यहाँबाट हाक्छौं भन्नुभा’को थियो । उहाँहरुले बैठक बसेर असारको पहिलो साता निर्वाचन हुनुपर्छ भन्ने निर्देशन दिनुभएको थियो ।’ वैद्यले प्रश्न गर्नुभयो- ‘तर, खोई कार्यान्वयन भएको ? निर्वाचन आयोगले पनि अब असारमा हुँदैन भन्न थालिसक्यो ।’
अध्यक्ष वैद्यले रेग्मी सरकारले निर्वाचन गराउन नसक्ने भन्दै चारदलको रवैयाबाट राष्ट्रपति पनि सन्तुष्ट नरहेको र कांग्रेस, एमालेभित्रै यो प्रक्रियाको विरोध भरहेकाले अब पार्टीहरुवीच झगडा शुरु हुने भविश्यवाणीसमेत गर्नुभयो ।
सामाजिक सञ्जालमा त तपाईलाई शान्तिविरोधी नेताका रुपमा चर्को विरोध हुनथालेको छ नि भन्ने अनलाइनखबरको प्रश्नमा वैद्यले भन्नुभयो- ‘यसलाई म नकारात्मक अर्थमा लिँदैन । तर, यी चार दल साँढे भए । पहिले राजाको पालामा शाही सासन भन्थ्यौं । अहिले चारदलको तानाशाही छ । राष्ट्रपति जी पनि सन्तुष्ट हुनुहुन्न । कुरा यसो हो ।’ उहाँले भन्नुभयो- त्यस किसिमको कमेन्ट इत्यादिका पछाडि एक किसिमको चिन्ता निश्चित रुपमा छ । तर, उहाँहरुले पनि विस्तारै कुरा बुझनु हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger