Widgets

Home » » मुम्बईमा भवन भत्किँदा एकै परिवारका ५ नेपालीको मृत्यु

मुम्बईमा भवन भत्किँदा एकै परिवारका ५ नेपालीको मृत्यु

Written By sangalo on Monday, April 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ चैत, काठमाण्डौ । दुई दिनअघि मुम्बईको थाणेमा सात तले भवन भत्किंदा मृत्यु हुनेमध्ये ५ जना नेपाली रहेको खुलेको छ । भारतीय दैनिक पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणका अनुसार भवन भत्किएको ४० घण्टापछि एकै परिवारका पाँच जना नेपालीको शव बाहिर निकालिएको छ । मृत्यु हुनेमा ३२ बषिर्य मुजाहिद राजा, उनकी श्रीमति, दुई छोरी र ज्वाईं रहेका छन । उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन । आफ्नो काममा सहयोग पुगोस भनेर मुजाहिदले ६ महिनाअघिमात्र श्रीमती, छोरी र ज्वाईर्ंलाई त्यहाँ बोलाएका थिए । सस्तोमा अर्पाटमेन्ट पाइने थाहा पाएपछि उनीहरु साततले भवनको चौथो तलामा बस्न थालेका थिए । तर शनिवार बिहान सात तले भवन भत्किंदा उनीहरु सवैको ज्यान गएको उनको छ । ‘मुजाहिदको परिवार यहीँ नजिकै बस्छ भन्ने थाहा थियो, तर यही भवनमा बस्छ भन्ने थाहा थिएन’ मुजाहिदका साथी खुर्सिद आलम खानले भने-’निरन्तर फोन सम्र्पक हुन नसकेपछि शंका लागेर भवनमा खोजतलास गर्दा उनीहरु मृत भेटिए ।’ उनै खुर्सिदले मुजाहिदको दुःखद खवर नेपालस्थित घर परिवारलाई सुनाइदिएका छन । मुजाहिदले आफ्ना एकमात्र छोरालाई बृद्ध हजुरबुबा हजुरआमासँग नेपालमै छाडेका थिए । अब मुजाहिदको परिवारमा सानो छोरा र बृद्ध बाबुआमा मात्र छन । गैरकानुनीरुपले बनाइएको सो साततले भवन भत्किंदा ५ नेपालीसहित ७२ जनाको ज्यान गएको छ । भवन भत्किएपछि महाराष्ट्र प्रहरीले यसरी गैरकानुनीरुपले बनाइएका संयन्त्रमाथि निगरानी बढाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger