Widgets

Home » » 'नेपालीहरु अष्ट्रेलियाका लागि महत्वपूर्ण'

'नेपालीहरु अष्ट्रेलियाका लागि महत्वपूर्ण'

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Devid

अष्ट्रेलिया , चैत्र २५ - अष्ट्रेलियाका सहायक अर्थमन्त्री डेभिड ब्राडबरीले नेपालीहरु आफ्ना मुलुकका लागि दुई कारणले महत्वपूर्ण रहेको बताएका छन् । उनले सिड्नीमा ईकान्तिपुरसंग कुराकानी गर्दै नेपालीहरुले अष्ट्रेलियाको अर्थतन्त्र र बहुसाँस्कृतिक छविमा योगदान दिएको बताए । कुराकानीकै क्रममा उनले नेपालको आगामी चुनावको लागि आफ्नो सरकार जुनसुकै खालको सहयोग गर्न तयार रहेको पनि बताए । साथै आफ्नो दुतावासमार्फत ताजा जनादेशका लागि हुन लागेको निर्वाचनको महत्वपूर्ण पक्ष अवलोकन गरिरहेको बताए । नेपालमा दिगो राजनैतिक ब्यवस्था स्थापना हुनुपर्ने धारणा राख्दै उनले यसका लागि सबै पक्ष मिलेर काम गरे चाँडै सम्भव रहेको पनि सुझाए । अष्ट्रेलिया अन्य मुलुकको घरेलु र राजनैतिक मामिलामा नबोल्ने बताउँदै मन्त्री ब्राडबरीले आफुहरु कानुनी शासन, प्रजातन्त्र र शक्तिको समान बितरणमा बिश्वास राख्ने बताए । ‘हाम्रो लागि अन्य मुलुकहरुको आन्तरिक राजनीति कस्तो छ भनेर सुझाव दिन आवश्यक छैन् उनले कान्तिपुरसँग भने– तरपनि विश्वब्यापी मान्यता अनुरुप मानवअधिकारको रक्षा र प्रजातान्त्रिक पद्दतीलाई भने आत्मसात गर्न जरुरी छ ।’ नेपाललाई आफ्नो बार्षिक ग्राहस्थको शुन्य दशमलव ३५ प्रतिशत सहयोग दिंदै आएको र यो सहयोग वर्तमान अवस्थामा सन्तोषजनक मान्न सकिने उनको तर्क थियो । अष्ट्रेलियाले एसियाली मुलुकहरुलाई मध्यनजर गरेर जारी गरेको एसियन शताब्दी श्वेत पत्रमा नेपालले पनि फाईदा लिन सक्ने बताउँदै यसले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई अझ सुमधुर तुल्याउने बताए । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गरिरहेको र भविश्यमा जलबिद्युत, खाद्य प्रविधि जस्ता क्षेत्रहरुमा सँगै मिलेर काम गर्न सकिने समेत उनले जानकारी दिए । नेपालसँग पर्यटनको सम्भावना अत्यन्तै रहेको भएपनि भविश्यमा यसबाहेक अन्य क्षेत्रमा समेत एक आपसमा मिलेर काम गर्न सकिने सम्भावना रहेको उनको धारणा छ । ‘पर्यटन क्षेत्र मात्र नभएर अन्य क्षेत्रमा पनि अब मिलेर काम गर्न आवश्यक छ' उनले भने– जसको सम्भावना दुबै देश मिलेर खोज्नुपर्छ ।’ नेपालीहरुलाई भिषा आवेदनका लागि दिल्ली पठाउनुपर्ने सन्दर्भमा उनले भिषाको आवेदन दिनका लागि दिल्ली पठाईरहन नपर्ने, काठमाडौमा रहेको भिएचएफ अफिस मार्फत भिषाको आवेदन दिन सकिने बताए । आफ्नो नीति अनुसार क्षेत्रीय तहमा भिषा प्रोसेसिङको काम मिलाइएको र त्यसका लागि दक्षिण एसियाका लागि दिल्लीमा प्रिन्सिपल माइग्रेसन अफिसर तोकिएको उनको भनाई थियो । ‘किनभने प्रत्येक देशमा माइग्रेसन अफिसर राख्न सम्भव छैन्' उनले भने, 'तरपनि केही समस्याहरु अझै छन् भने मन्त्रीसँग छलफल गर्नेछु ।’ पूर्वी नेपालमा रहेका भुटानी शरणार्थी पुनर्वासमा सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताउँदै उनले तिब्बती शरणार्थी पुनर्वास सम्बन्धि सोधिएको प्रश्नमा भने मौन रहे । वर्तमान अवस्थामा अष्ट्रेलियाबाट उच्च तहको नेपाल भ्रमण गर्न सम्भावना नरहेको जनाउँदै उनले आफु भने ब्यक्तिगत रुपमै भएपनि नेपालको भ्रमण गर्न इच्छुक रहेको बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger