भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, चैत २५ (नागरिक) - नेकपा-माओवादी लगायत ३३ दलले आव्हान गरेको नेपाल बन्दको क्रममा आज देशका विभिन्न भागमा सवारी साधन तोडफोड तथा आगजनी भएको छ। सो क्रममा तोडफोड गर्ने तथा जबरजस्ती बन्द गराउदै हिँड्ने २२ पुरुष र २ महिला गरी २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ.।
ती मध्ये तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बन्दको क्रममा ईलाममा काठमाडौंवाट पशुपतिनगर जाँदै गरेको ना.३ ख २५६९ नम्बरको वस र वाँकेको कोहलपुर-३ मा ना.४ ख ४७११ नम्बरको वसमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ।
बाँकेकै नेपालगंज नगरपालिका-१६ स्थित मनकामना भेकल सेन्टरमा ढुङ्गा प्रहार हुँदा ३ बटा झ्यालका सिसा फुटेका छन्।
चितवनमा ना.२ ख ८५२२ नम्बरको ट्रक वीरगंजवाट पोखरा जाँदै गरेको अवस्थामा अगाडिको सिसा फुटेको छ।
काठमाडौं चावहिलमा बा.७ च ६८४० नम्बरको माउन्टेन टि.भि.को भ्यानमा साईडको २ बटा सिसा फुटाएका छन्।
कैलालीको धनगढी नगरपालिकास्थित क्याम्पस चोकमा से.१ च ३१३ नम्बरको तरकारी बोक्ने जिपको अगाडीको शिसा फुटाएका छन्। कैलालीकै धनगढी नगरपालिका-४ वसपार्कस्थित लक्ष्मी भट्टको होटलका सिसाहरु तोडफोड गर्दा चर्केका छन्।
कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका-४ मा लोकसेवा आयोगको बा.१ झ ५१५४ नम्बरको पार्किङ्ग गरी राखेको गाडीमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ। सोही नगरपालिका-६ स्थित विद्युत कार्यालयको कम्प्युटर थान १ र टेवल थान १ तोडफोड भएको छ। सुर्खेत जिल्ला छिन्चु-८ तालवारीमा भे.२ प २२४९ नम्बरको मोटरसाइकल तोडफोड हुँदा अगाडिको सिसा र हेडलाईट फुटेको छ।
यसैगरी उदयपुर जिल्ला सिरिसे-९ मा मारुती सिमेन्टको ना.१ क २७१८ नम्बरको टिपरमा आगजनी हुँदा अगाडिको भागमा सामान्य क्षति भएको छ। पर्सा जिल्ला वीरगंज उपमहानगरपालिका-१९ मा ना.३ ख २५१३ नम्बरको भाडाको ट्रकमा आगजनी गर्दा अगाडिको भागमा सामान्य क्षति भएको छ। पुकौली-५ मा जनकपुरबाट जलेश्वरतर्फ जाँदै गरेको डिएल १ एलसी ९१८६ नम्बरको फलफुल बेच्ने मिनीट्रकको अगाडिको सिसा नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना बन्दकर्ताले फुटाई फरार भएका छन्।
बन्दककर्ताले बीआर ३० ए ४२८ नम्बरको बलेरो गाडी र बीआर ०६ बीए ६०२३ नम्बरको टाटा सुमोको साँचो लिई फरार भएका छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.