Widgets

Home » » स्ट्रबेरीले ओखरपौवाबासीको जीवनस्तर फेरियो

स्ट्रबेरीले ओखरपौवाबासीको जीवनस्तर फेरियो

Written By sangalo on Monday, April 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२६ चैत, काठमाडौं । केही वर्ष अगाडीसम्म दुई छाक खान नपुग्ने नुवाकोट ओखरपौवाका कृषकहरु यतिबेला छोराछोरीलाई बर्डिङ स्कुलमा पढाउन सक्ने भएका छन् । स्ट्रबेरीको व्यवसायीक खेती सुरु गरेपछि उनीहरुको जीवनस्तरमा एक्कासी परिवर्तन आएको हो ।
स्ट्रबेरीको व्यवसायीक खेती सुरु गरेपछि दूई छाक मिठो खान, राम्रो लगाउन र छोराछोरीलाई बर्डिङ स्कुलमा पढाउन सकिएको स्थानिय कृषकहरु बताउँछन् । ओखरपौवाको ३ र ६ वडाका कृषकले अहिले स्ट्रबेरीको खेती गरिरहेका छन् । पहिला मुला उत्पादन गरेर गाउँगाउँमा बेच्न हिँड्ने किसानको घरमा अहिले व्यवसायीहरु नै स्ट्रबेरी खरिद गर्न पुग्ने गरेका छन् ।
s-1
‘स्ट्रबेरी खेती सुरु गर्नुभन्दा अगाडिसम्म हामीले लगाएको कोदो मकैले ६ महिनामात्रै खान पुग्थ्यो, बाँकी समय पेट पाल्नको लागि मजदुरी गर्न जानुपथ्र्यो’ स्थानिय कृषक सोमबहादूर तामाङले भन्नुभयो- ‘अहिले स्ट्रबेरी खेती सुरु गरेपछि मज्जाले खान लगाउन पुगेको छ ।’
स्ट्रबेरीको मूख्य सिजन भनेको मंसिरदेखि चैतसम्म हो । सिजनमा दैनिक १६ देखि १८ सय किलोसम्म स्ट्रबेरी उत्पादन हुँदै आएको उद्यम विकास सहजकर्ता यदु कुमार भट्टले बताउनुभयो । सिजनको बेलामा कृषकहरुले सबै खर्च कटाएर वाषिर्क ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म नाफा गर्ने गरेका छन् । कृषकहरुका अनुसार स्ट्रबेरी सत् प्रतिशत नाफा हुने खेती हो ।
s-2
स्ट्रबेरीको गुणस्तरअनुसार ‘क’, ‘ख’ र ‘ग’ बर्गमा विभाजन गरिने कृषकहरुले बताए । कृषकका अनुसार ‘क’ बर्गको स्ट्रबेरीको मूल्य बजारमा २५० रुपैयाँ, ‘ख’ बर्गको २ सय रुपैयाँ र ‘ग’ बर्गको स्ट्रबेरीलाई ८० देखि ९० रुपैयाँसम्म पर्छ ।
कृषकहरुका अनुसार ‘क’ बर्गको स्ट्रबेरी काठमाडौंका पाँच तारे होटल र भारतमा निर्यात हुँदै आएको छ । कृषकहरुले कम गुणस्तरको स्ट्रबेरीबाट जाम, स्ट्रबेरी क्यान्डी, जुस, स्क्वास उत्पादन गर्दै आएका छन् । सिजनको बेलामा भारतमा दैनिक ६/७ किलो स्ट्रबेरी निर्यात हुँदै आएको यदुकुमारले बताउनुभयो ।
स्ट्रबेरी १४ सय मिटरदेखि २१ सय मिटरसम्मको उचाईमा २० देखि ३० डिग्रीसम्मको तापक्रममा उत्पादन गर्न सकिने हुँदा देशका विभिन्न ठाउँमा यसको खेती सम्भव भएको विज्ञहरु बताउँछन् ।
s-3
ओखरपौवाका कृषकहरु स्ट्रबेरीबाट भएको आम्दानीबाट मोटरसाइकल चढेर हिँड्छन् । स्ट्रबेरी उत्पादन गर्न सकेमा बजारको कुनै समस्या नरहेको कृषकहरु बताउँछन् । कृषक सोम बहादुर तामाङका अनुसार स्ट्रबेरीको माग अनुसार कृषकहरुले उत्पादन गरेर दिन सकेका छैनन् । रानीपौवा बजार केन्द्रमा आबद्ध २४ समूहका ३ सय २९ कृषकहरुमध्ये २ सय ६४ कृषकहरु स्ट्रबेरीमा आबद्ध छन् । अहिले ओखरपौवामा करिव १५० रोपनी जग्गामा स्ट्रबेरी खेती भईरहेको तामाङले जानकारी दिनुभयो ।
१६ वर्ष अगाडि जापानी सहयोग नियोग संस्था जाइका अन्र्तगतको जाइटी नेपाल परियोजनाले पहिलो पटक नुवाकोटमा स्ट्रबेरी खेती सुरु गरेको थियो । पछि स्थानिय कृषक कान्छामान तामाङले केही स्ट्रबेरीका बिरुवाहरु लिएर व्यावसायीक खेतीको सुरुवात गरेका थिए ।
ओखरपौवामा स्ट्रबेरीको व्यवसायीक खेतीमा लघु उद्यम विकास कार्यक्रम (मेडेप) पनि सहयोग गरिरहेको छ । मेडपका रामशरण सेढाईंका अनुसार २ सय २४ स्ट्रबेरी कृषकहरुलाई मेडेपले सहयोग गरेको छ । मेडेपले स्ट्रबेरीको प्रशोधन गर्न मेसीन तथा औजारहरु, जाम बनाउने मेसिन सहयोग प्रदान गरेको छ । त्यस्तै, ब्राण्डिङ गर्न, खेती व्यावस्थापन गर्न, बजार पहुँच बढाउन पनि मेडेपले सहयोग गर्दै आएको सेढाईंले जानकारी दिनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger