भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ चैत, नवलपरासी । नेपाली काँग्रेसको महासमिति बैठक सोमबारबाट नवलपरासीमा सुरु भएको छ । महासमिति बैठकमा देशभरका करिव १३ सय ८० महासमिति सदस्यहरु सहभागी छन् । १२ औँ महाधिवेशन भएको झण्डै दुई वर्षपछि पहिलोपटक बस्न लागेको महासमिति बैठकमा पार्टीभित्रका कमी कमजोरी, पार्टी सञ्चालन, पार्टीको आगामी रणनीति, चुनाबी एजेन्डालगायतका विषयमा छलफल हुनेछ ।
काँग्रेसले महासमितिको बैठकवाट कस्तो रणनीति उपनाउला भन्नेबारे सबैमा चासो छ । देशभरबाट भेला भएका काँग्रेसी नेताहरुले पार्टीभित्रको विवाद, कमी कमजोरी, आगामी रणनीति, चुनावी एजेन्डा, विधान संसोधन लगायतका विषयमा गम्भीर छलफल हुने बताएका छन् । काँग्रेसको महासमिति बैठकको उद्घाटन शत्र सुरु हुनुअघि महासमिति बैठकले के गर्नुपर्छ भन्ने विषयमा अनलाइनखबरले केही नेताहरुसँग कार्यक्रमस्थमा कुराकानी गरेको छ :
चुनावी रणनीति पहिलो प्राथमिकता
विशेष गरी पार्टीको विधान संशोधन पनि हुन सक्छ । महासमितिको वैठकले पार्टीका आगामी रणनीति तयार गर्नुपर्छ । अब चुनावी माहौलमा मुलुक गइसकेकाले यो बैठकले चुनावी एजेन्डा र चुनावी रणनीति तयार गर्नुपर्छ । रणनीति तयार भएपछि पार्टीले चुनावको प्रचार प्रसारमा लागेर चुनावबाट पहिलो पार्टी बन्नेतर्फ लाग्नुपर्छ । यसअघि भएका पार्टीका काम कारबाहीलगायतका विषयमा पनि छलफल हुन्छ । त्यसको समीक्षा पनि हुन्छ । प्रधानन्याधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रमुख बनाएको अवस्थामा महासमिति सदस्यहरुले यस विषयमा पनि कुरा उठाउने छन् ।
काँग्रेसले तराईलाई पहिलेदेखि नै माया गर्दै आएको छ । तर, यसअघि तराईमा काँग्रेसको अवस्था केही खल्बलिएको भए पनि अहिले विस्तारै त्यसले सकारात्मक दिशा लिएको छ । महासमिति वैठकले तराईबासीहरुको माग सम्बोधन हुनेखालका कार्यक्रम तथा चुनावी एजेन्डा तयार गर्नुपर्छ । त्यहीअनुसार पार्टी चुनावको तयारीमा महासमिति बैठक सकिएलगत्तै लाग्नुपर्छ ।
चुनावी एजेन्डा तय गर्नु पर्छ
यो विधानहरुमा कतिपय कुराहरु आम जनमासमा चित्त नबुझेका होलान् त्यसमा विधान संसोधन गर्नु पर्दछ जस्तो मलाई लाग्छ । अबको कस्तो रणनीति अपनाएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा गम्भीर छलफल गरेर अगाडि बढ्नु पर्छ । जसरी नेपाली काँग्रेसलाई जनताले विश्वास गर्दै आएका छन् । यो महासमिति बैठकवाट पनि आम जनतालाई विश्वास दिलाउँदै चुनावका लागि दह्रो चुनावी एजेन्डा निर्माण गर्नुपर्छ । जिल्ला सभापतिदेखि केन्द्रीय सभापतिसम्मलाई पावरफूल बनाउने जुन महामन्त्री कृष्ण सिटौलाले तयार बनाउनुभएको छ त्यो कुरामा पनि छलफल गरेर महासमिति बैठकबाटै टुंगाउनु पर्छ । काँग्रेसका शीर्ष नेताहरु मिलेर गए काँग्रेस अझै पनि ठूलो पार्टी बन्नसक्ट त्यसैले यही महासमितिको वैठकवाट एकताका साथ अघि वढ्नु पर्छ । बढ्नु हुन्छ भन्ने विश्वास छ ।
हावामा उडेका मधेसीहरु कांग्रेसमा फर्किसके
यो महासमितिको बैठकबाट वास्तवमा वर्तमान राजनीतिक गत्यावरोध अन्त्यका लागि नेपाली काँग्रेसले आफ्नो रणनीति तयार पार्नुपर्छ । नेपाली जनताको माग सम्बोधनका लागि पार्टीले खाका तयार पार्नु पर्छ ।
तराईमा मधेश आन्दोलन भयो, त्यसको सेन्टिमेन्ट लिएर काँग्रेसले तराईबासी नेपालीहरुका हितमा गर्नुपर्ने कामलाई प्राथमिकताका साथ बैठकले उठाउनुपर्छ । निर्वाचनमा तराईमा बहुमत सिट ल्याउनका लागि तराईबासी जनताहरुको लहर नेपाली काँग्रेसमा छ ।
अघिल्लो चुनावमा तराईका केही स्वार्थी दलहरुको हावामा लागेर केही जनता उनीहरुको पक्षमा लागे पनि अहिले उनीहरु नेपाली काँग्रेसको पक्षमा फर्किएका छन् । अबको चुनावमा नेपाली काँग्रेसले तराईमा अत्याधिक बहुमतका साथ जित्ने हामीले विश्वास लिएका छौं । त्यो अबको चुनावले परिमाणित गर्नेछ । त्यसैले चुनावलाई केन्दित गरेर महासमितिको वैठकले चुनावी रणनीति तय गर्ने छ ।
नेताहरुलाई मिलाउँछौ
महासमिति बैठकले आगामी निर्वाचनका लागि ठोस एजेन्डाहरु तय गर्नु पर्छ । तराईदेखि पहाडसम्म एकैखालको विकास निर्माणका कार्यक्रमलाई जोड तोडका साथ उठाएर चुनावमा जानु पर्छ । यी विषयलाई हामी पहाडिया नेताहरुले प्रमुखताका साथ उठाउछौँ ।
निर्वाचनका लागि जनतालाई आफ्नो पक्षमा ल्याउनका लागि आकर्षकखालका एजेन्डालाई प्राथमिकताका साथ उठाउनु पर्छ यो महासमितिको वैठकले पनि यसबारे आफ्नो रणनीति तयार गर्नु पर्छ । ठोस एजेन्डा तयार गरेर पार्टी एकढिक्का भएर चुनावमा जानुपर्छ । सवैभन्दा ठूलो कुरा एकता हो शीर्षनेताहरु मिले पार्टी बलियो हुने हो त्यसैले गुट र उपगुटका अन्त्य गर्दै यही महासमितिको वैठक एक ढिक्का भएर गाउँदेखि केन्द्रसम्म मिलेर अघि वढ्नु पर्छ । चुनावी प्रचार प्रसारमा जुट्नु पर्छ ।
चुनावी एजेन्डा तय गर्नुपर्छ
महासमितिको वैठक आवश्यक पर्दा बस्ने हो । वर्ष वर्षमा बस्नु पर्ने वैठक हो । तर केही ढीलो बस्न लागेको छ । यो बैठक चुनावमा कसरी जाने भन्ने विषयमा केन्दि्रत हुनुपर्छ । आगामी चुनावमा कसरी जनतासामू जाने भन्ने उद्देश्यका साथ चुनावी एजेन्डा तयार गर्नु पर्छ । जटिल समयमा महासमितिको बैठक वस्न लागेकाले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व छ । मूलरुपमा लोकतान्त्रिक संविधान कसरी बनाउने भन्ने विषयमा पनि छलफल गर्नुपर्छ र छलफल हुन्छ पनि ।
पार्टी भित्रै पनि नेताहरुवीच केही असन्तुष्टि देखा परेका छन् । ती असन्तुष्टिलाई यही महासमितिको वैठकवाट समाधान गरेर शीर्ष नेताहरु एक ढिक्का भएर अघि बढ्नु पर्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.