Widgets

Home » » मैले राजालाई दाम राखेर ढोगिँन : मैनाली

मैले राजालाई दाम राखेर ढोगिँन : मैनाली

Written By sangalo on Monday, April 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२६ चैत, काठमाडौं । नेकपा एमालेले आफ्ना पूर्वनेता राधाकृष्ण मैनाली र देवीप्रसाद ओझालाई पार्टीमा फिर्ता ल्याउने तयारी थालेको छ ।
radhakrishna-mainaliमैनाली र ओझालाई पार्टीमा भित्र्याउन महासचिव ईश्वर पोखरेलको नेतृत्वमा टोलीसमेत खटिइसकेको छ । यसबारे अनलाइनखबरले राखेको जिज्ञासामा पूर्वएमाले नेता मैनालीले भन्नुभयो- ‘मैले एमाले छाडेको हैन, एमालेले मलाई लात्तले हानेर निकालेको हो ।’
आफूलाई एमालेमा फर्काउनेबारे आफूले पनि चर्चामात्रै सुनेको तर यसबारे कुनै प्रक्रिया अघि नबढेको उहाँले बताउनुभयो । ‘मलाई किन एमालेबाट निकालिएको थियो र अहिले कुन मकसदका लागि भित्र्याउन खोजिएको हो ?’ मैनालीले भन्नुभयो-’मलाई कुन भूमिका दिन खोजिएको छ, चिठी आयो भने थाहा होला । अहिले नै केही बताउन थाल्दा एमालेमा पस्न हौसिएजस्तो हुन्छ ।’
‘एमाले राजावादी कि, म राजावादी ?’
शाही शासनकालमा मन्त्रीसमेत भई जनआन्दालनेपछि एकीकृत माओवादकिा केन्द्रीय सल्लाहकार बन्नुभएका मैनालीले आफूभन्दा बढ्ता राजावादी एमाले नै रहेको आरोप लगाउनुभयो । ‘मैले राजा र माओवादकिो वीचमा एमाले पुल बन्नुपर्छ भनेर पत्रिकामा दुईचार वटा लेख लेख्दा मलाई राजावादी भएको आरोप लगाउँदै पार्टीबाट निकालियो । मलाई कारवाही गरेको केही महिनामै प्रतिगमन आधा सच्चियो भन्दै एमाले शाही सरकारमा गयो ।’ उहाँले भन्नुभयो- ‘मैले राजालाई सघाउन गएको थिएँ, उनी राजा बनेका बेला मैले दाम राखेर ढोगिँन ।’
एमाले, राजा वा माओवादी जहाँ रहँदा पनि आफूले इमान्दारितापूर्व काम गरेको मैनालीको दाबी छ । ‘एमालेमा मैले पार्टीको हितमा काम गरें, तर मलाई लात्तले हानिर निकालियो । राजालाई पनि स्वच्छ हृदयले सघाएँ, उनले मेरो कुरा मानेनन् ।’ मैनालीले अनलाइनखबरसँग भन्नुभयो-’माओवादीमा पनि इमान्दार भएरै सल्लाह दिन खोजें, तर उनीहरुले पनि मेरो सल्लाह लिएनन् ।’
‘जातीय राज्य चित्त बुझेन’
एमाओवादीको केन्द्रीय सल्लाहकार भएता पनि हेटौडा महाधिवेशनमा सहभागी नबन्नुभएका मैनालीले यतिबेला एमाओवादी नेताहरुसँग आफ्नो सम्पर्क हुन छाडेको बताउनुभएको छ । ‘पहिले पहिले त सल्लाहको कोसेली पुर्‍याउँथें, त्यो कोसेली खाए खाएनन् थाहा छैन ।’ उहाँले भन्नुभयो- ‘अहिले उनीहरुले पनि खोजिनीति गरेका छैनन्, म पनि लुरुक्क परेर जाने कुरा भएन ।’
एमाओवादीमा लागे पनि उनीहरुले आफूलाई कुनै भूमिका नदिएको मैनालीले गुनासो गर्नुभयो । तर, पार्टीले जातीय राज्यको वकालत गरेपछि आफूलाई त्यस्तो विचार मन नपरेको उहाँको भनाइ छ । ‘जब एमाओवादीले जातीय राज्यको कुरा गर्न थाल्यो, त्यसपछि मलाई पार्टीमा भूमिका चाहियो भन्न पनि मन लागेन ।’ मैनालीको थप भनाइ छ-’म एमाओवादीमा जान्छु भनेर गएको हैन, प्रचण्ड, बाबुराम र वैद्यले हामीसँगै एउटै कमिटीमा बसिदिनुपर्यो भन्दै रामचन्द्र झालाई जस्तै आश्वासन दिएर लगेका हुन् ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger