Widgets

Home » » बाँकेमा १ सय ९४ थान हतियार संकलन

बाँकेमा १ सय ९४ थान हतियार संकलन

Written By sangalo on Monday, April 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२६ चैत, नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले १ सय ९४ थान हतियार संकलन गरेको छ । अबैध हतियार बुझाउन दिएको ३५ दिने म्यादमा जम्मा भएका हतियारहरु प्रहरीले सोमबार सार्वजनिक गरेको छ । जम्मा भएका ६५ प्रतिशत बन्दुक काम लाग्ने अवस्थामा छन् भने बाँकी विग्रिएका छ्न् ।
hatiyar-1
जिल्लामा रहेका अवैध हतियारहरु प्रहरीलाई बुझाउको लागि गत फागुन २० गते मात्र सार्वजनिक सूचना आव्हान गरेको थियो । संकलित हतियारमा सबै भन्दा बढि भरुवा बन्दुक छन् । जिल्लाको निकुञ्ज आसपासका क्षेत्रबाट सबैभन्दा बढि हतियार संकलन भएको प्रहरीको दावी छ । प्रहरीका अनुसार सबै भन्दा बढी हतियार बाँकेको बैजापुरबाट संकलन भएको जनाएको छ ।
प्रहरीले कटुवा पेस्तोल ४ थान, दुईनाले भरुवा बन्दुक ३ थान, १२ बोर १नाले १ थान, १२बोर २ नाले १ थान, एयरगन १ थान र भरुवा बन्दुक १ सय ८४ थान गरी १ सय ९४ थान हतियार सार्वजनिक गरेको छ ।
प्रहरीले अबैध हतियार बुझाउन ३० दिनको म्याद समेत थप गरेको छ । हतियार सार्वजनिक गर्दै बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीले भन्नुभयो-’हामीले आव्हान र अपेक्षा गरे अनुसार सबै हतियार जम्मा नभएकोले पुनः सुूचना पुगेन कि भन्दै फेरी सोमबारदेखि लागू हुने गरी ३० दिनमको सूचना जारी गरेका छौ ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger