Widgets

Home » » क्याट्रिनाले स्कुलको मुख नै देखिनन्, करिश्मा ५ कक्षा पास

क्याट्रिनाले स्कुलको मुख नै देखिनन्, करिश्मा ५ कक्षा पास

Written By sangalo on Monday, April 8, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपाली चलचित्र उद्योग कलिउडमा धेरै जसो कलाकार पढेका छैनन् भनेर धेरैपटक आलोचना हुने गरेको छ। वास्तवमा धेरै कलaकारहरु आधारभुत शिक्षा हासिल नगरेका पनि छन् तर छिमेकी देशको भारतको बिशाल बलिउड पनि यसबाट अछुतो रहेको छैन्। नपढेका कलाकारबाट बलिउड पनि पुर्णरुपमा ग्रसित रहेको छ। बलिउडमा राज गरेका अमिर खान र सलमान खानले मात्र स्कुल स्तिरिय शिक्षा हासिल गरेका छन् । आजकी नम्वर एक हिरोइन् क्याट्रिना कैंफले स्कुल समेत गइनन् भने नायीका करिश्माले ५ कक्षा भन्दा पढ्न सकिनन्। बलिउडमा ग्र्या्डुएट गर्न नसकेका कलाकारहरुको पढाइ यहाँ प्रस्तुत गरिएको छ। लण्डननमा जन्मिएकी क्याट्रिना कैंफको बाल्यकला चीन,जापान,फ्रान्स, पोलेन्ड,जर्मनी, बेल्जियम लगायतका देशमा बित्यो । निरन्तर स्थान परिवर्तनका कारण उनि स्कुलनै गइनन्। उनले घरमा नै सामान्य शिक्षा हासिल गरेकी हुन् । ऐश्वर्या रायले पनि अण्डर ग्र्याडुएट नै रहिन्, उनले जयहिन्द कलेजमा आर्किटेक्टमा भर्ना गरेपनि पढाइ पुरा गर्न भने सकिनन् । ९० को दशककी हिट हिरोइनले करिश्मा कपुरले पनि मात्रै ५ कक्षा पास गरकी हुन्। उनले कक्षा ६ मा पढ्दा पढ्दै स्कुल छोडेकी थिइन्। करिश्माले मात्र १७ वर्षको उमेरमा चलचित्र प्रेम कैदीबाट बलिउडमा पाइला राखेकी थिइन् । चलचित्र 'इशक जादे'बाट भर्खरै नाम कमाएकी परिनिती चोपरा पनि अन्डरग्रयाडुएट हुन् । नायीका प्रियंका चोपराले १२ कक्षा मात्र पास गरेकी हुन्,उनले कलेजमा भर्ना गरेपनि पढाइ पुरा गर्न भने सकिनन्।मिस वर्ल्ड भएपछि उनको प्राथमिकतामा बलिउड परेको थियो। कपुर खान्दानमा धेरै पढेको रेकर्ड राखेपनि रणविर कपुर ग्र्याडुएट भने होइन् उनि दुइवर्षको कलेज पछि अभिनय कोर्सको लागी न्युयोर्क लागेका थिए । बच्चै देखि डाक्टर बन्ने सपना देखेपनि नायीका कंगना रनावत कक्षा १० भन्दा अघि बढ्न सकिनन् । सुपर हिट नायक अमिर खानले बल्ल तल्ल १२ कक्षा पास गरेका हुन् भने नायीका विपास बासुले पनि १२ कक्षाको मात्रै शिक्षा हासिल गरेकी हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger