Widgets

Home » » तीन वर्षदेखि तलव नलिने 'सत्याग्रही' शिक्षक

तीन वर्षदेखि तलव नलिने 'सत्याग्रही' शिक्षक

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
प्रकाश सिलवाल, काठमाडौं, चैत २६- सुन्दा अचम्म लाग्न सक्छ- तीन वर्षदेखि कुनैपनि तलव, सुविधा नलिई एक निजी विद्यालयका शिक्षकले आफ्नो पढाउने कार्यलाई निरन्तरता दिइरहेका छन्। केही ठूला भनिएका बाहेक अधिकांश निजी विद्यालयमा कार्यरत शिक्षकहरू श्रम शोषणमा परेको भन्ने गुनासो नयाँ होइन। यस सवाललाई स्थापित गर्न संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) लगायतका संस्थाले विभिन्न चरणमा आवाज उठाइरहेका छन्। मागका हिसाबले शिक्षकको कानुनबमोजिमको सुविधा पाउनुपर्ने भन्ने भएपनि काठमाडौं जोरपाटीस्थित पर्ल्स ईङ्लिस एकेडेमी (प्रस्तावित उमावि) मा गणित पढाउने मकवानपुर निवासी शिक्षक गहन खतिवडाको आन्दोलन अलि फरक प्रकारको छ, जसलाई उहाँले मुक्ति आन्दोलन (शैक्षिक सत्याग्रह) को संज्ञा दिएका छन्। खतिवडाले विद्यमान शिक्षा ऐन, नियमावली र स्थापित मान्यतालाई पालना गर्दै आफूहरूले स्थायी नियुक्तिपत्र, नेपाल सरकारले तोकेबमोजिमको सेवासुविधा एवं रितपूर्वकको विद्यालय सञ्चालनको मागपत्र पेस गरेको तीन वर्ष भन्दा बढी भयो। सो माग पूरा गराउन उनले कुनै बन्द, हड्ताल वा तोडफोडको बाटो नलिई सत्याग्रही मार्ग अँगाल्नुभएको छ। आफ्नो सत्याग्रह आन्दोलन जारी राख्दै कक्षा कोठामा गएर नियमित पढाउने कार्यलाई खतिवडाले छाड्नुभएको छैन तर विद्यालयले तोकेको तलव भने उहाँले विगत तीन वर्षदेखि अस्विकार गर्दै आउएका छन्। खतिवडाका अनुसार उहाँले विगत २०६६ फागुन २ गतेदेखि तलव लिनुभएको छैन। यसबीचमा उहाँले लिनु पर्ने कुल बाँकी तलव रु दुई लाख ६० हजार १५१ भएको छ। उहाँले शिक्षा नियमानुसार आफूले कुल रु. चार लाख ३४ हजार २९९ पाउन बाँकी रहेको दाबी गर्दै विद्यालयले दिएको कम तलव अस्विकार गरेका हुन्। खतिवडा विगत एक दसकदेखि सोही विद्यालयमा कार्यरत छन्। तलव बुझ्न छाडेको समय (वि.सं.२०६६) मा उहाँको मासिक तलव स्केल रु. ७ हजार २५० थियो। यसबीचमा मासिक रु. ८ हजार हुँदै केही समयअघि बढाएर रु. ११ हजार बनाइएको छ। सरकारी स्केलअनुसार माध्यामिक तहका शिक्षकको हालको तलव मासिक १४ हजार ४८० रुपैयाँ छ। तलव नलिई काठमाडौं सहरमा कसरी जीवन गुजार्नुभएको छ भन्ने प्रश्नमा शिक्षक खतिवडा ऋणधन र उधारो गरेर कठिनपूर्वक मासिक रु. १० हजार बराबरको खर्च धानिरहेको बताउनुहुन्छ। अविवाहित खतिवडा जोरपाटीको नयाँवस्तीमा आफ्नी आमाकासाथ बस्दै आएका छन्। "मेरो अन्य आय आर्जनको काम छैन। मेरो नाममा पैत्तृक सम्पति पनि छैन। बुबाले अर्को आमा ल्याए। अंशवण्डा मिलेको छैन। कहिलेकाँही जिल्लाबाट आमाको नाममा केही सामल चाँहि आउँछ, घर भाडा नतिरेको डेड वर्ष भयो" खतिवडाले भने।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger