भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, चैत २६- त्रिवि कुलपति र उपकुलपतिले त्रिवि सभाको मर्यादाविपरीत स्ववियु निर्वाचनसम्बन्धी निर्णय गरेको भन्दै काठमाडौंका विभिन्न १२ कलेजका विद्यार्थी सङ्गठनहरुले संयुक्त विज्ञप्ति मार्फत विरोध जनाएका छन्।
पद्यकन्या कलेजका सभापति एवम् त्रिवि सभा सदस्य लालकुमारी पोख्रेल, नेपाल ल क्यामपसका सभापति एवम् सो सभाका सदस्य गुणराज आचार्य, त्रिचन्द्र कलेजका सभापति विनयराम भट्ट, जनप्रशासनका सभापति कृष्ण भण्डारी, महेन्द्र रत्न कलेजका सभापति अनिलकुमार रिजाल, बाल्मिकीका सभापति रमेश रिजाल, नेविसङ्घका केन्द्रीय सदस्य बलदेव थापा, शङ्करदेवका सभापति शुभराम बस्नेत, शिक्षा क्याम्पसका सभापति अनुज चापागाईं, कोटेश्वर क्याम्पसका सभापति महेन्द्र भट्टराई र रत्नराज्य क्याम्पसका सभापति राजकुमार राईद्वारा संयुक्तरुपमा सो विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।
स्ववियु निर्वाचनका लागि विद्यार्थीलाई लागु गरिएको उमेरको हदबन्दी हटाउनुपर्ने र स्ववियु पदाधिकारीहरुको निर्वाचन प्रत्यक्ष प्रणाली र सदस्यहरुको निर्वाचन मिश्रित प्रणालीमा गरियोस भन्ने उनीहरुको माग छ।
रिपोटर्सक्लबमा आज आयोजित कार्यक्रममा पद्यकन्या कयाम्पसका स्ववियु सभापति पोख्रेलले त्रिवि सभामा विद्यार्थीको प्रतिनिधित्व गर्ने सिनेटरहरुको प्रस्तावलाई सभामा छलफल नै नगरी सभा बाहिरबाट गलत तरिकाबाट कुलपति र उपकुलपतिले निर्णय गरेकोमा संगठनहरुको विरोध रहेको बताए।
नेपाल ल क्याम्पसका सभापति गुणराज आचार्यले सबै विद्यार्थी सङ्गठनलाई मान्य हुने मिश्रित प्रणालीको निर्वाचनअन्तर्गत स्ववियु निर्वाचन गराउन माग गरे। रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.