Widgets

Home » » बन्दले मजदुर र बिरामीलाई सास्ती

बन्दले मजदुर र बिरामीलाई सास्ती

Written By sangalo on Sunday, April 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
टेकनारायण भट्टराई, पाल्पा, चैत २६- आइतबारको बन्दका कारण शैक्षिक संस्थाहरु खुलेनन्। फुर्सदको समय बालबालिकाले सडकमा खेलेर बिताए। बन्दको प्रभाव दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मजदुरहरुमा देखियो। विरामी परेर उपचार गर्न आउनेहरुले बन्दको सास्ति बेहोर्नु पर्‍यो। शनिबारको नियमित तानसेन बजार बन्दमा काम हात नपरेका मजदुरहरु आईतबार पनि बन्द भएपछि निरास बने। 'बन्द हुँदा भारी बोक्ने काम गर्न पाइदैन,' तानसेन बैंकरोडमा बसेका फुर्सदीला सातजना ज्यामीहरु मध्येका मानबहादुरले भने 'दिनभर काम गरेर बिहान बेलुका छाक टार्ने हामीहरुलाई कसैले पनि बन्द नगरिदिए जाति हुन्थ्यो।' नाम्लो र बोरा हातमा लिएका मजदुरहरु बन्दको मारमा टाउकोमा हात लगाएर बसेका देखिन्थे। पाल्पाको फेकबाट उपचारका लागि आएका लिलबहादुर र लक्ष्मी बम्रेल दम्पतिले बन्दको मार भोग्नु पर्‍यो। नशा सम्बन्धि रोगको उपचारका लागि आएका लिलबहादुरलाई पत्नी लक्ष्मीले तानसेनका सडकहरुमा पाखुरा समाएर डोर्‍याएकी थिइन्। 'गाडी पाइएन, व्यथाले यहिबेला च्याप्यो।' लिलबहादुरले बन्दका कारण दुःख पाएको सुनाए। पाल्पा सदरमुकाम तानसेन र जिल्लाको दोस्रो ठूलो सहर रामपुर सहित जिल्लाभर बन्दले पूर्ण प्रभाव पार्‍यो। विहानै देखि बन्दकर्ताहरु हाते माईक लिएर बन्द गर्न आव्हान गर्दै तानसेन बजार परिक्रमा गरेका थिए। बन्दका क्रममा जिल्लाभरमा आधा दर्जन मोटरसाईकल नियन्त्रणमा लिइएको नेकपा माओवादी सह इन्चार्ज धिरज रानाले बताए। बन्द अवज्ञा गरेको भन्दै तानसेन बर्तुङको एक फर्निचर उद्योगमा तोडफोड गरिएको छ। दिनभर जिल्लामा सवारी साधन चलेनन्। पसल, कलकारखाना र कार्यालयहरु पनि बन्द भए। बन्दकर्ताहरुले जिल्लाका सरकारी कार्यालयहरु समेत बन्द गराउँदै हिडेका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger