Widgets

Home » » एक बर्षभित्र जुनसुकै जिल्लाबाट राहदानी

एक बर्षभित्र जुनसुकै जिल्लाबाट राहदानी

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ चैत, काठमाण्डौं । राष्ट्रिय परिचयपत्र (एनआइडी) निर्माण प्रक्रियामा कुनै अवरोध नआए एक बर्षभित्र नेपाली नागरिकले जुनसुकै जिल्लाबाट मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) लिन सक्नेछन् । जहाँ जन्मिएका भए पनि नेपाली नगारिकले राष्ट्रिय परिचयपत्रको आधारमा जुनसुकै जिल्लाबाट एमआरपी लिन पाउनेछन् । अहिले ‘द्रुत सेवा’ (१० हजार रुपैयाँ तिरेर) बाहेक नागरिकता जारी भएको जिल्लाबाट मात्र सेवाग्राहीले एमआरपी लिन पाउने व्यवस्था छ । एनआइडीका आधारमा एमआरपी वितरण थालेपछि सेवाग्राहीले अहिले कायम रहेको कागजात प्रमाणीकरण गर्ने झन्झटबाट पनि मुक्ति पाउनेछन् । द्रुत सेवा अन्तर्गत एमआरपीका लागि आवेदन बुझाउन पनि अहिलेजस्तो नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको राहदानी विभाग धाइरहनु पर्ने छैन् । ‘सन २०१४ फेब्रुअरी (२०७० फागुन १६) भित्र राष्ट्रिय परिचयपत्र जारी गर्ने हाम्रो योजना छ । परिचयपत्र जारी भएपछि अहिलेको नागरिकता विस्थापित हुन्छ,’ गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक तुलसीप्रसाद गौतमले भनेको नागरिक दैनिकमा खबर छ । गौतमका अनुसार निर्वाचन आयोगले अहिले फोटोसहितको मतदाता परिचयपत्रका लागि संकलन गरेको तथ्यांक केन्द्रले लिनेछ । आयोगले हालसम्म एक करोड ११ लाख नेपालीको तथ्यांक संकलन गरिसकेको उनले जानकारी दिएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger