Widgets

Home » » चिकित्सक पनि नक्कली भारुको कारोबारमा !

चिकित्सक पनि नक्कली भारुको कारोबारमा !

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ चैत, काठमाण्डौं । भियतनामी नागरिकसँग मिलेर नक्कली भारतीय रुपैयाँ कारोबार गरेको अभियोग लागेका एक चिकित्सक जिल्ला अदालत काठमाण्डौंले मागेको तीन करोड रुपैयाँ धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन् । नक्कली भारतीय रुपैयाँ कारोबारको अभियोगमा मुछिएका डा. रामकृष्ण श्रेष्ठलाई धरौटी रमक बुझाएन नसकेपछि केन्द्रीय कारागारमा थुनामा पठाइएको हो । करिब एक करोड बराबर नक्कली भारतीय रुपैयाँ कारोबार गरेको अभियोगसहित श्रेष्ठ, लमजुङ घर भई भक्तपुर मध्यपुरठिमी बस्ने कल्पना गुरुङ र भियतनामी नागरिक फाम भान डिन्चलाई जेल सजायको मागसहित प्रहरीले ‘खोटा चलन’ मुद्दा दायर गरेकेा थियो । श्रेष्ठ मध्यपुरठिमी अस्पताल र नर्सिङ होम हाडजोर्नी विशेषज्ञ हुन् । गुरुङ पनि मध्यपुरठिमी अस्पतालकी कर्मचारी रहेको अन्नपूर्ण पोष्टमा खबर छ । गत बर्षको चैत २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९८ लाख आठ हजार नक्कली भारुसहित भियतनामी नागरिक डिन्च पक्राउ परेका थिए । डिन्चमार्फत नक्कली भारुको कारोबार गर्ने भियतनामी महिला सुरुङले श्रेष्ठ र गुरुङसँगा पटक पटक मोवाइलमा सम्पर्क गरेको दाबी प्रहरीको छ । श्रेष्ठ सुङका चिरपरिचित साथी हुन् । आफ्ना भियनामी सहपाटी डिन्सलाई काठमाण्डौंमा सहयोग गर्न सुङले इन्टरनेटमार्फत आग्रह गरेको प्रमाण प्रहरीले अदालतमा पेस गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger