Widgets

Home » » मुल्य घटेपछि सुन लुकाउन थाले व्यापारीले

मुल्य घटेपछि सुन लुकाउन थाले व्यापारीले

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१९ चैत, काठमाण्डौं । मूल्य घटेपछि सुन कारोबारमा चर्को चलखेल सुरु भएको छ । उपभोक्ता सुनका गहना खरिदमा निर्धारित मूल्यभन्दा सात सयदेखि दुई हजार रुपैयाँसम्म बढी तिर्न बाध्य छन् ।
goldव्यापारीले बजारमा सुन ‘सर्टेज’ भएको भन्दै उपभोक्तासँग तोकिएभन्दा बढी रकम असुल्न थालेका हुन् । मूल्य घटेका बेला केही ठूला कारोबारीले सुन होल्ड गर्न थालेकाले उपभोक्ताले तोकिएभन्दा बढी मूल्य तिर्नुपरेको हो । सस्तो भएका बेला किनेर मँहगिएपछि बिक्री गरी धेरै नाफा लिन ठूला व्यापारीले सुन ‘होल्ड’ गर्न थालेका छन् ।
यसअघि प्रतितोला ६२ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ पछिल्लो समयमा ५६ हजारदेखि ५७ हजार रुपैयाँका बीचमा कारोबार भइरहेको छ । निकट भविष्यमै फेरि सुनको भाउ बढ्ने अनुमान व्यापारीको छ ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल गहाना व्यापारीलाई मात्र सुन बिक्री गर्न पाउने व्यवस्थाका कारण समस्या बढेको बताउँछन् ।
सरकारले सुन आयातमा कोटा निर्धारण गरेकाले भाउ घटे पनि व्यापारीले चाहेजति किन्न भने पाउँदैनन् । अहिले वाणिज्य बैंकहरुले दैनिक १५ किलो सुन आयात गर्न पाउने प्रावधान छ । सुन व्यापारीले वाणिज्य बैंकमार्फत मात्र सुन किन्न पाउँछन् ।
बढी मूल्य लिएर उपभोक्तामाथि ठगी
काठमाण्डौंको एक सुन पसलले बढी मूल्य लिएर उभोक्तालाई ठगेको पाइएको छ । वाणिज्य विभाग, महानगरीय प्रहरी परिसर हनुमानढोका र उपभोक्ता मञ्च नेपालका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले अनुगमन गर्दा मखनस्थित सूर्यलाल गोविन्दलाल एन्ड सन्स प्राइभेट लिमिटेडले निर्धारित मूल्यभन्दा बढी मूल्यमा सुन बेचेको पाइएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
अनुगमनमा सहभागी उपभोक्ता मञ्च नेपालका सचिव रोशन श्रेष्ठका अनुसार उक्त पसलले सुन प्रतितोला ५७ हजार रुपैयाँमा बिक्रीवितरण गरेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger