Widgets

Home » » नायिका स्नेहा शर्माले देखाई दिए खजाना

नायिका स्नेहा शर्माले देखाई दिए खजाना

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

नेपाली फिल्ममा अश्लीलता बढ्यो भन्ने गुनासा बढेपछि चलचित्र विकास बोर्डले त्यसलाई रोक्न मनोमानी ढंगले एउटा समिति निर्माण गर्‍यो, जसले सुटिङपूर्व नै स्क्रिप्ट माग्दै त्यस्ता दृश्य र संवाद हटाउन फिल्म निर्माता र निर्देशकलाई दबाब दियो । सुटिङ हुन बाँकी मात्र नभई सुटिङमा रहेका फिल्मको समेत स्क्रिप्ट माग्दै त्यस प्रकारका दृश्य र संवाद हटाउन निर्देशन दिन थालेपछि सो समितिले निकै विरोध खेप्नुपर्‍यो । ऐन, कानुन र नियममा नभए पनि त्यसरी मनोमानी ढंगले स्क्रिप्ट माग्न थालेपछि निर्माता निर्देशकले गोपनीयता हकको विषय उठाउँदै ठूलै विरोध गरे । समितिमा नेपाल चलचित्र निर्माता संघका तर्फबाट निर्देशक सुरेश दर्पण पोखरेल पनि स्क्रिप्ट अध्ययन समितिमा थिए । हाल अस्तित्वमा नरहेको र खारेज भइसकेको सो समितिमा बस्दा निर्देशक पोखरेलले समितिको विरोध गर्नेहरूसँग राम्रै चर्काचर्की गरे । समितिमा रहेर थुप्रै फिल्मका दृश्य र संवाद पनि काटिदिए । तर यो के जो अगुवा उही बाटो भनेजस्तो उनकै प्रदर्शोन्मुख फिल्म थ्री बदर्समा पनि त्यस्तै दृश्य पो फेला पर्‍यो । फिल्मको सुन्तली माई बोलको गीतमा यस्तो सट राखिएको थियो कि जसले गर्दा त्यसकी नायिकाको तल्लो भागको भित्री वस्त्र मज्जैले देखिएको छ । यो त्यो गीतको सटमा नायिकाको टाङमुनि क्यामरा राखेर प्रयोग गरिएको लो एङ्गलको कमाल थियो । एकपटक होइन, चार चारपटक लो एङ्गलबाट खिचेर नायिका स्नेहा शर्माको कुन भाग देखाउन खोजिएको गीतको भिडियो हेर्दा प्रस्टै हुन्छ । अरूको फिल्ममा भए पो यस्तो दृश्य आपत्तिजनक हुन्छ त, आफ्नो फिल्मको दृश्य त जस्तै भए पनि राम्रै र श्लील हुने नै भयो । होइन त डाइरेक्टर पोखरेल ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger