Widgets

Home » » राजेस हमाल अविवाहित रहनुको रहस्य

राजेस हमाल अविवाहित रहनुको रहस्य

Written By sangalo on Sunday, March 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


फिल्ममा छिरेदेखि राजेश हमालले असफलताको मुख देख्नु परेको छैन । आफूले खेलेका फिल्मले व्यापार गरून् नगरून्, अर्कै कुरा तर उनी स्वयम् भने दुई दशकदेखि सफल ठहरिएका छन् । यो दुई दशकको दौरानमा बागमतीमा धेरै पानी बगिसकेको छ, बाढी आइसकेको छ । तर यही दौरानमा हमालले सधैं पाउने एउटा चर्चा हो बिहेको । फिल्ममा प्रवेश गरेदेखि अहिलेसम्म पनि उनको बिहेकै चर्चा भइरहेकै छ । यसलाई हेर्दा लाग्न पनि सक्छ, चर्चा भइराखोस् भनेर पनि हमालले हालसम्म बिहे नगरेका हुन् कि ? हमाल जहाँजहाँ पुग्छन्, त्यहाँत्यहाँ उनका अगाडि एउटा प्रश्न तेर्सिन्छ बिहे कहिले गर्ने ? विराटनगर पुगेका हमालका अगाडि यो प्रश्न त्यहाँ पनि तेर्सियो । पत्रकारले उनलाई भेट्नेबित्तिकै प्रश्न सोधिदिए ‘बिहे कहिले गर्ने ?’ हमालले पनि भनिदिए ‘यो वैशाखमा चाहिँ बिहे गर्छु ।’ सधैं कूटनैतिक जवाफ दिन माहिर हमालले आफ्नो पुरानो बानीलाई निरन्तरता दिँदै थपे ‘बिहे गर्न प्रेमिकाको पनि साथ चाहिन्छ । प्रेमिकाहरू धोका दिने गर्छन्, प्रेमिकाले धोका नदिए वैशाखमा बिहे गर्छु ।’ विराटनगरकी मधु भट्टराईसँग डेटिङ गरिरहेका हमालले वैशाखमा बिहे गर्छु भन्दै एकैसाथ नगर्ने संकेत पनि गरिदिए । यो पो हो त हमालको जवाफको कमाल ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger