Widgets

Home » » किन बढ्दो छ एटीएम ठगी

किन बढ्दो छ एटीएम ठगी

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

atm

इन्भरेस्टमेन्ट बैंक, सिद्धार्थ, लक्ष्मी र एससीटी नेटवर्ककको कार्डसहित गैरकानुनी रूपमा एटीएमबाट रकम झिक्ने गिरोह कञ्चनपुरमा आइतबार पक्राउ पर्‍यो । उक्त गिरोहबाट भारतीय एटीएम मेसिन प्रयोग गरेर नेपाली खातामा रहेको रकम झिक्न बैंकको पिन नम्बर पनि भेटिए । यसबारे प्रहरीले अनुसन्धान जारी राखेको छ भने उता पिन नम्बर कसरी बाहिर गयो भन्ने विषयमा सम्बन्धित बैंक अचम्ममा परेका छन् । करिब ३ महिनाअघि हिमालयन बैंकको कार्ड शाखामा कार्यरत एक कर्मचारीले एटीएमको प्रयोग गर्दै गैरकानुनी तरिकाबाट सर्वसाधारणको रकम झिकेर चलाए । ग्राहकले खाताबाट रकम झिकिएको गुनासो गरेपछि बैंकले अनुसन्धान थाल्यो र फटाइँ गर्ने कर्मचारी टाप कसे । एक महिना पनि नबित्दै भारतबाट फेरि हिमालयन बैंककै ग्राहकको एटीएममार्फत रकम झिकियो । त्यसपछि बैंकले करिब ५० हजार कार्ड परिवर्तन गरेर समस्या सुल्झायो । सँगै एकै प्रणालीअन्तर्गत कार्ड सेवा दिइरहेका अन्य दुई बैंकले पनि आफ्ना ग्राहकको कार्ड परिवर्तन गरे । करिब वर्षअघि एक वाणिज्य बैंकका ग्राहकले खाताबाट पैसा हराएको गुनासो गरे । अनुसन्धानमा बैंकको कार्ड विभागका कर्मचारीले ग्राहकको पिन नम्बर छाप्दा कार्बन राखेर अर्को प्रति निकालेको थाहा भयो । कर्मचारीलाई कारबाही गरेर ग्राहकलाई क्षतिपूर्ति दिएपछि बैंकले कार्डको पिन नम्बर छापिने स्थानमा सीसीटीभी जडान गरेको छ । यीमध्ये दुई घटना सञ्चारमाध्यममा सार्वजनिक भइसकेका छन् । अन्तिममा राखिएको घटना भने सञ्चारमाध्यममा नआए पनि बैंकका कर्मचारीले प्रविधिका कारण बढ्दै गएको ठगीबारे बुझाउन एक औपचारिक कार्यक्रममा बताएका थिए । तीन घटनाले रकम सुरक्षित राख्ने बैंकको बढ्दो जोखिम देखाउँछ । सँगै कागजी कारोबार घटाएर अत्याधुनिक उपकरणको प्रयोग बढाउन खोजिरहेको राष्ट्र बैंकलाई पनि सुरक्षाका विषयमा सोच्न बाध्य पारेको छ । कार्ड प्रयोगकर्ताको संख्या बढ्न थालेपछि अपराधीका आँखा डेबिट र क्रेडिट कार्डमा पुगेको छ । मुलुकभर यस्ता कार्ड प्रयोग गर्ने ३० लाख २५ हजारको खाता र त्यसमा रहेको रकम झिक्न सजिलो नभए पनि जुक्ति लगाउने काम भने बढ्दै गएको माथिका घटनाले देखाउँछ । सूचना प्रविधिमा आधारित बैंकिङ सेवा बढ्दै गएपछि नयाँनयाँ ठगीका घटना आउने क्रम बढेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) को ठम्याइ छ । 'महिनामा एक/दुई वटा उजुरी आउने गरेका छन्,' सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक -एसएसपी) उत्तमबहादुर कार्कीले भने । आएका उजुरीको अनुसन्धान गरिरहे पनि नियन्त्रणको काम भने सम्बन्धित बैंकले नै गर्नुपर्ने उनको भनाइ छ । सेवाको माध्यममा विवधता आएपछि यस्ता घटना आउनु असामान्य भन्न नमिल्ने राष्ट्र बैंकका अधिकारी बताउँछन् । 'पहिले सिक्का, त्यसपछि नोट र चेकबाट पनि ठग्ने क्रम देखिएकै हो,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली भन्छन्, 'केही विषयमा बैंकले ध्यान दिए एटीएमबाट ठग्ने घटना कम गर्न सकिन्छ ।' तर ठगीका घटना हुनुले यस्तो ध्यान पुग्न नसकेको देखिन्छ । त्यसमा राष्ट्र बैंकले पनि ध्यान पुर्‍याउन नसकेको देखिन्छ । बैंक वित्तीय संस्थाले आफ्नो सूचना प्रविधि प्रणालीलाई दरिलो बनाउनुपर्ने र आन्तरिक नियन्त्रण प्रणालीमा पनि ध्यान दिँदा समस्या घट्ने ज्ञवाली बताउँछ । 'अहिले कर्मचारीसँग जोडिएका सूचना प्रविधिबाट हुने ठगीका घटना धेरै देखिएका छन्,' उनले भने, 'यसलाई अन्तरिक नियन्त्रण प्रणाली बलियो बनाएर रोक्न सकिन्छ ।' कर्मचारीको कामप्रति लगाव नरहनु र फटाइँ गर्दा हुने कारबाहीबारे डर नभएले यस्ता समस्या देखिएको उनले बताए । राष्ट्र बैंकले दिएका निर्देशन पालना गर्ने र प्रणालीलाई बलियो बनाउँदा समस्या घट्ने उनको बुझाइ छ । बैंकर्स संघका उपाध्यक्ष उपेन्द्र पौडेल पनि नियन्त्रण प्रणाली बलियो बनाए समस्या हटाउन सकिने बताउँछन् । 'एकै कर्मचारीमा सबै जिम्मेवारी दिन हुँदैन,' उनले भने, 'चेक एन्ड ब्यालेन्स गर्न सकियो भने समस्या कम हुन्छ ।' यस्ता ठगीका घटना प्रविधिको विकाससँगै आउनु सामान्य रहेको उनी बताउँछन् । 'प्रविधिबाट ठग्ने नयाँ उपाय आएजस्तै त्यसबाट बच्ने उपाय पनि आइरहेका छन्,' उनले भने, 'यो चलिरहने प्रक्रिया हो ।' इन्भेस्टमेन्ट बैंक आफैंले ठगी गर्नेलाई अनुगमन गरेर पक्राउ गर्नु यसकै उदारहण रहेको उनले बताए । 'बैंकले पनि सधै चनाखो रहनुपर्ने देखिएको छ,' उनले भने । बैंकका कर्मचारी मिल्दा यस्ता घटना हुने सम्भावना बढी रहेकाले व्यवस्थापनले जिम्मेवारी दिँदा विचार पुर्‍याउनुपर्ने उनले बताए । प्लास्टिक मनी नै किन ? सिक्काको प्रयोगबाट सुरु भएको पैसा इतिहास पछिल्लो समय 'प्लास्टिक मनी' मा आइपुगेको छ । मूल्य तोकिएका यस्ता वस्तुको प्रचलनसँगै अपराधका नयाँनयाँ घटना पनि आउन थाले । पछिल्लो समय इन्टरनेटबाट हुने कारोबारमा विश्वभर यस्ता आपराधिक घटना बढेका छन् । डेबिट वा क्रेडिट कार्डबाट गरिने आपराध क्रियाकलाप पनि उत्तिकै छन् । तर पनि संसारभर प्लास्टिक मनीलाई प्रोत्साहन गर्ने कार्य जारी छ । यसको एउटा प्रमुख कारण हो, खर्च । सबै मुलुकले नोट छाप्नका लागि रकम खर्च गर्नुपर्छ । प्लास्टिक मनीको कारोबार बढेपछि यस्तो खर्च घट्छ । 'यसले नोट छाप्दा लाग्ने खर्च घट्छ र बोक्न सजिलो पनि हुन्छ,' ज्ञवाली भन्छन्, 'त्यसले केही ठगीका घटना देखिए पनि कारोबारलाई सबै मुलुकले बढावा दिएका छन् ।' विकसित मुलुकमा यस्ता कार्डबाटै कारोबार गर्ने धेरै छन् । नेपाल आउने पर्यटकले पनि यस्ता कार्ड प्रयोग धेरै गरेपछि केही समयदेखि नगदमा विदेशी मुद्राको कमी देखिएको थियो । त्यसबेला राष्ट्र बैंकले विदेश जाँदा नगदको साटो अन्य विकल्प रोज्न सर्वसाधारणलाई आग्रह गरेको थियो । ठगी गर्न सजिलो छैन अर्कै व्यक्तिको खातामा भएको रकम एटीएमबाट झिक्नु सजिलो काम होइन । यसरी चोरी गर्दा कार्ड छाप्न सजिलै सकिए पनि त्यसमा रहेको नम्बर र पिन कोड पत्ता लगाउन असम्भव जस्तै हुन्छ । त्यसैले बैंकको कर्मचारीको संलग्नतामा यस्ता घटना भएका हुन्छन् । कार्ड छापेर धेरै रकम खातामा भएको व्यक्ति पत्ता लगाएपछि ठगी गर्नेले अन्य तथ्यांक जुटाउन थाल्छन् । यस्ता तथ्यांकको आधार एटीएमबाट निस्केको स्लिप वा कार्डमार्फत भुक्तानी गरिएका पसल हुन सक्छन् । तर कारोबार गर्न आवश्यक पिन नम्बर भने ग्राहक आफैंले नदिई वा बैंकका कर्मचारीले उपलब्ध नगराएसम्म थाहा पाउन सकिँदैन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger