भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
तपाईको शारीरिक तौल बढी छ भने हवाई यात्रा गर्दा बढी भाडा तिर्न तयार हुनुहुन्छ ? तौल बढी हुँदा त्यसले हवाई इन्धन पनि बढी खपत हुने भएकाले विमान कम्पनीले मोटा मान्छेसँग बढी भाडा तिर्ने व्यवस्था गर्नुपर्ने 'थ्योरी' आएको छ । नर्वेमा अर्थशास्त्रमा 'स्कलर' पाएका एक नेपालीले हवाई भाडा तय गर्दा यात्रुको तौललाई गणना गर्नुपर्ने जिकिर गरेका हुन् । नर्वेको सोङ ओग जोर्डान युनिभर्सिटीका प्रोफेसरसमेत रहेका ती नेपाली भरत भट्टले भनेका छन्, 'यो मोडलले विमान कम्पनी, यात्रु र समाजलाई ठूलो फाइदा पुग्ने छ ।' 'जर्नल अफ रेभिन्यु एन्ड प्राइसिङ म्यानेजमेन्ट' नाम दिएको कार्यपत्रमा उनले १ किलो तौल घट्दा वाषिर्क जहाजको ३ हजार अमेरिकी डलर बराबर रकमको इन्धन बचत हुने उल्लेख गरेका छ । त्यस्तै जहाजबाट 'लाइफ भेस्ट' हटाउँदा उडान २५ किलो हलका हुने भट्टको अध्ययन छ । 'लो कस्ट करियरले बढी ब्यागेजका लागि बढी शुल्क लिने र बढी तौलका यात्रुलाई दुई सिट बुकिङ गर्नु ठीक हुन्छ,' उनको थ्योरीमा छ । यातायात मात्र नभई अन्य सेवामा पनि तौल र क्षेत्रका आधारमा पैसा लिनुपर्छ भन्ने सिद्धान्त विश्वव्यापी स्वीकार्य भएको भट्ट बताउँछन् । 'उड्डयन क्षेत्रमा तौल र क्षेत्र -स्पेस) अझ बढी महत्त्वपूर्ण छ,' उनले आफ्नो थ्योरीमा भनेका छन् । उनले यससंग सम्बन्धित थ्योरीमा तीन मोडल प्रस्तुत गरेका छन् । कुल तौलअन्र्तगत यात्रुको तौल (१ सय किलो) र २० किलो ब्यागेज भएकाले ५० किलो तौल र १० किलो ब्यागेज भएको भन्दा दोब्बर भाडा तिर्नुपर्ने थ्योरीमा छ । अर्को मोडलमा आधारभूत भाडादरमा कम तौल भएकालाई प्रतिकिलो 'डिस्काउन्ट' दिने र बढी तौल हुनेलाई प्रतिकिलो सरचार्ज लिन सकिन्छ । त्यस्तै यात्रुको तौलका आधारमा भाडा नतिर्नेलाई 'पेनाल्टी' गराइनुपर्ने भट्टको सुझाव छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.