Widgets

Home » » इसारै काफी छ.......

इसारै काफी छ.......

Written By sangalo on Wednesday, March 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

mobile

प्रेमी/प्रेमिकाले इसारा कत्तिको बुझ्छन् (छिन्) ? पक्कै बुझ्नुपर्ने । नबुझे केही छैन । यो स्मार्टफोनले भने इसारा अवश्य बुझ्नेछ । प्रेमी/प्रेमिकाले इसारालाई बुझेर पनि बुझ पचाउलान् । स्मार्टफोनले भने साथ दिने छ, हरपल । यस्तो स्मार्टफोन जसलाई चलाउन हातले छुन आवश्यक छैन । आँखा जुधाएर/झिम्क्याएर गरिने इसारा काफी छ । मान्नुस् यो निर्जीव प्रेमी/प्रेमिका हो, जसलाई अद्भूत हार्डवेयर/सफ्टवेयरले सजिवजस्तै बनाएको छ । हाइइन्ड मोबाइलका पारखीको प्रतीक्षाको घडी सकिएको छ । सार्वजनिक भएको छ, ग्यालेक्सी एस (जीएस) फोर । दक्षिण कोरियाली कन्जुमर इलेक्ट्रोनिक्स उत्पादक सामसुङको चौथो पुस्ताको यो स्मार्टफोन जादुमयी फिचरले भरिएको छ । आफ्नो दैनिकीमा हाते सेटलाई एकाकार गर्न सकिन्छ । फोटो/भिडियो खिच्ने/प्ले गर्ने, म्युजिक सुन्ने पुरानो बानीलाई यसले १ सय ८० डिग्रीमा परिवर्तन गर्नेछ । एन्ड्रोइडको सबैभन्दा पछिल्लो भर्सन ४.२.२ जेलिबिन प्लेटर्फममा प्रयोग भएका उत्कृष्ट एप्लिकेसन्स (एप्स) ले स्मार्टफोन चलाउनुको बिल्कुलै फरक अनुभूति दिनेछ । मोबाइलमा भिडियो हेरिरहेका बेला कोही साथीसँग कुरा गर्नुपर्ने, कफीको कप समाउन अन्यत्र ध्यान दिनुपरे स्टप वा पज बटन थिचिरहनु पर्दैन । यसमा रहेको 'स्मार्ट पज' ले आँखा अन्यत्र लैजाँदा प्ले भइरहेको भिडियो आफैं रोक्छ । अगाडि रहेको क्यामेराले आँखालाई ट्र्याक गर्छ । फेरि भिडियोमा आँखा लैजाँदा प्ले हुन थाल्छ । ई-बुक पढिरहेका बेला पाना पल्टाउन स्क्रिनमा औंला घिसार्नु पर्दैन । 'स्मार्ट स्क्रोल' एप्सले आँखाकै इसारामा आफैं पाना पल्टाउँछ । स्क्रिनलाई सार्न फोन छोइरहनु पर्दैन । यसको 'स्मार्ट स्टे' फिचरले आँखा स्त्रिmनमा राखुन्जेल फोन 'स्लिप' मोडमा जाँदैन । स्त्रिmनका अघिल्तिर हात हल्लाएको भरमा फोनले काम गर्छ । अघिल्लो साता अमेरिकाको न्युयोर्कमा आयोजित भव्य समारोहबीच सामसुङ मोबाइलका प्रमुख जेके सिनले दुई हातमा ५ इन्च स्त्रिmनको यो स्मार्ट मेसिन नचाउँदै सार्वजनिक गर्दा व्यग्र प्रतीक्षामा रहेका ग्याजेटप्रेमीको ढुकढुकी बढेको थियो । सामसुङले गत वर्ष सार्वजनिक गरेको ग्यालेक्सी एस थ्रीमा सुधार गरेर नयाँ भर्सन ल्याएको हो । यसको स्त्रिmन केही ठूलो (५ इन्च) छ । जुन आइफोनको भन्दा ५६ प्रतिशत ठूलो हो । ठूलो स्त्रिmनमा मोबाइल चलाउनुको मजा बेग्लै हुन्छ । यसको रिजोल्युसन बढी (१०८० पिक्सेल) छ । फोटो/भिडियो हेर्न आनन्द दिनेछ । यसमा रहेको 'सामसुङ एडप्ट डिस्प्ले' प्रविधिले उज्यालोको अवस्था हेरेर 'ब्राइटनेस' र 'कन्ट्रास्ट' लाई अटोमेटिक एडजस्ट गर्छ । यसको स्क्रिन यति सेन्सेटिभ छ कि जाडोमा पन्जा लगाइरहेको हातले छुँदा पनि काम गर्छ । ब्याट्री ब्याकअप क्षमता एसथ्रीको भन्दा झन्डै २० प्रतिशत बढी (२६०० एमएएच) छ । निरन्तर मोबाइल खेलाइरहँदा पनि ब्याट्री सकिने चिन्ता हुने छैन । यसको प्रोसेसर सबैभन्दा तीव्र गति(१.९ गिगाहर्ज) को क्वाड कोर छ, सँगै दुई जीबीको र्‍याम । बजारमा १.६ गिगाहर्जको अक्टाकोर प्रोसेसरयुक्त सेट पनि उपलब्ध हुनेछ । यसले मूल्य केही घटाउन सघाउने छ । जीएसफोरको बडी पोलिकार्बोनेटले बनेको छ । यसले यसले मोबाइललाई हलुका बनाएको छ । यसको तौल १ सय २० ग्राम मात्र छ, जुन जीएसथ्रीभन्दा हलुका हो । जीएसथ्रीभन्दा यो केही पातलो (७.९ मिलिमिटर) छ । यसको लम्बाइ ५.४ इन्च र चौडाइ २.७ इन्च छ, जुन जीएसथ्री र ग्यालेक्सी नोट फोनको बीचको हो । यसमा भएको रियर फेसिङ (मुख्य) क्यामेरा क्षमता एसथ्रीभन्दा बढी (१३ मेगापिक्सेल) को छ । यसले फोटोको क्वालिटीलाई उत्कृष्टता प्रदान गर्नेछ । अगाडिको भागमा भएको क्यामेरासमेत २ मेगापिक्सेलको छ । अगाडिको क्यामेराले समेत फुल एचडी भिडियो रेकर्ड गर्न सक्छ । यसले ३० फ्रेम प्रतिसेकेन्डको भिडियो खिच्छ । क्यामेरामा फ्ल्यास भएकाले अँध्यारोमा समेत तस्बिर खिच्न सकिन्छ । जिरो सटर लेगले फोटो छिटो खिच्छ । बढी क्षमताको क्यामेरा भएकाले यो फोन हुनेले अर्को डिजिटल क्यामेरा किन्नुपर्ने आवश्यकता पर्ने छैन । यसको ड्युल क्यामेरा फङसनले अगडि र पछाडिका दुवै क्यामेरालाई एकै पटक चलाउने सुविधा दिन्छ । दुवैले खिचेका तस्बिरलाई एउटैमा मिलाएर राख्न सकिन्छ । जस्तो कि मुख्य क्यामेराले खिचेको कुनै सिनलाई अगाडिको क्यामेराले खिचेको आफ्नो तस्बिरमा 'ब्याकग्राउन्ड' बनाउन सकिन्छ । दुवै क्यामेराले खिचेका भिडियोलाई एउटैमा जोड्न सकिन्छ । खेलकुदको विभिन्न मोसनका तस्बिरलाई जोडेर एउटैमा उतार्न सकिन्छ । भिडियोमा विभिन्न वस्तुको मोसनमध्ये एउटालाई चलायमान देखाएर अरूलाई रोकिएको देखाउन सकिन्छ । यसमा रहेको 'इरेज मोड' ले कुनै सटमा रहेको नचाहिएको व्यक्तिको तस्बिरमात्र मेटाइदिन्छ । जीएसफोर १६/३२/६४ जीबी इन्टरनल स्टोरेज क्षमतामा उपलब्ध हुनेछन् । यसमा एसडी कार्डमार्फत एक्स्टर्नल स्टोरेज ६४ जीबीसम्म विस्तार गर्न सकिने छ । जीएसथ्रीमा भने एसडी कार्ड राख्ने सुविधा थिएन । फोनमा एचएसपीए ४२ एमबीपीएस र फोट जी(एलटीई) भएकाले तीव्र गतिमा इन्टरनेट चलाउन सकिन्छ । यसमा वाईफाई, जीपीएस, ब्लुटुथका बाहेक नियर फिल्ड कम्युनिकेसन(एनएफसी) को सुविधा छ । यसले बिनातार अन्य डिभाइससँग कनेक्सनमा रहन सघाउँछ । जीएसफोर मल्टिभ्यु विशेषतायुक्त छ । यसमा दुई एप्स एकैपटक चलाउन सकिन्छ । यसमा रहेको ग्रुप प्ले एप्सले एनएफसी वा ब्लुटुथमार्फत जीएसफोर हुने साथीहरूबीच फोटो, म्युजिक, डकुमेन्ट सेयर गर्नुका साथै धेरैले एउटै गेम खेल्न सकिन्छ । यसको इन्स्ट्यान्ट सराउन्ड सिस्टमबाट सबै साथीहरूले एउटै गीत सुन्न सकिन्छ । यसको अर्को विशेषता भनेको भिजिटिङ कार्डलाई स्क्यान गरेर टेक्स्टमा रूपान्तरण गर्छ । त्यसलाई कन्ट्याक्टमा सेभ गरेर राख्न सकिन्छ । यसमा रहेको फिटनेस ऐप्सले खानपानमा ध्यान दिइरहन्छ । मोबाइलमा रहेको एस हेल्थ एप्सले स्वास्थ्यबारे जानकारी गराउँछ । यसमा रहेको ट्रान्सलेसन एप्सले नौ भाषामा अनुवाद गर्छ । यसलाई टीभी, एसी, डीभीडी/भीसीडी/म्युजिक सिस्टमलगायतको रिमोट कन्ट्रोलका रूपमा समेत प्रयोग गर्न सकिन्छ । यसमा 'सामसुङ हब' नामक मल्टिमिडिया स्टोरेजको सुविधा छ । यसमा राखिएका सामग्री अरू सामसुङ फोनसँग सेयर गर्न सकिन्छ । धेरैले अधिकताका साथ प्रतीक्षा गरेको फोनको डिजाइनमा भने नयाँपन छैन । जीएसथ्रीकै स्वरूपमा सामसुङले जीएसफोरलाई बजारमा उतारेको छ । जीएसथ्रीमा भएको वायरलेस चार्जिङ सुविधा यसमा हुने/नहुने केही बताइएको छैन । यसको मूल्य पनि महँगो छ । भर्खरै सार्वजनिक भएकाले सामसुङले यसको मूल्य तोकेको छैन । अमेरिकी बजारमा सबैभन्दा कम क्षमताको जीएसफोरको सुरुआती मूल्य १ सय ९९ डलरबाट सुरु हुने अनुमान छ । विश्व बजारमा अपि्रलमा मात्र यो उपलब्ध हुनेछ । नेपाली उपभोक्ताले पनि अपि्रल अन्तिम सातादेखि किन्न पाउने सामसुङको नेपालका लागि अधिकृत बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजका अध्यक्ष दीपक मलहोत्राले जानकारी दिए । कम्पनीले यसको मूल्य भने ७१ हजार ५ सय रुपैयाँ तोकिसकेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger