Widgets

Home » » आफ्नो कम्प्युटर कसले प्रयोग गर्यो ? यसरी थाहा पाउनुहोस् -

आफ्नो कम्प्युटर कसले प्रयोग गर्यो ? यसरी थाहा पाउनुहोस् -

Written By sangalo on Wednesday, March 12, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मेरो कम्प्युटर वा ल्यापटप पछिल्लोपटक कहिले प्रयोग भयो ? सम्भवत यो सवैजसो कम्प्युटर प्रयोगकर्ताको चासो र चिन्ताको बिषय हो । किनकी अहिलेको जमानामा कम्प्युटर नै एउटा ब्यक्तिको सम्पूर्ण सूचना भण्डार र सम्पत्ति हो ।
त्यही कम्प्युरटमा महत्वपूर्ण कागजात र सूचनाहरु राखिएका हुन्छन, प्रयोगकर्ता के गरिरहेको र के गर्ने योजना बनाइरहेको भन्ने पनि यहींबाट थाहा हुन्छ । ब्यक्तिगत कम्प्युटर उसको पर्स भन्दा पनि महत्वपूर्ण चीज हो भन्दा फरक नपर्ला ।
त्यसैले तपाईको कम्प्युटर पछिल्लोपटक कहिले प्रयोग गरियो भन्ने सूचनाले त्यो कसले प्रयोग ग¥यो र आफ्ना सूचनाहरु कसले थाहा पाइराखेको छ भन्ने पत्ता लगाउन सजिलो हुनेछ ।
यदि तपाईको घरमा केटाकेटीहरु छन र उनीहरुले रातीको समयमा कम्प्युटरमा खेलेर बिताउने सम्भावना छ भने अन्तिमपटक प्रयोग कतिखेर भयो भन्ने सूचनाले तपाईलाई झनै सहयोग गर्ने छ ।
त्यसैले आज हामी तपाईलाई केही यस्ता सरल बिधिहरु बताउँदैछौं जसको सहयोगमा तपाई कुशल प्राबिधिक नभई पनि आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग भयो भन्ने थाहा पाउन सक्नुहुनेछ ।
कसरी थाहा पाउने ?
सामान्यतः तपाईले आफ्नो कम्प्युटरको रिसेन्ट प्लेसस फोल्डरबाट आफ्नो कम्प्युटरमा कुन समयमा कुन फोल्डर खोलियो भन्ने जानकारी लिन सक्नुहुन्छ । स्टार्ट मेनुमा रहेको सर्चमा गएर रिसेन्ट प्लेसस सर्च गर्नुभयो भने सो फोल्डर देखिने छ । त्यसलाई खोल्नुहोस्, त्यहाँ डेट मोडिफोइड शीर्षकमा कम्प्युटरमा पछिल्लोपटक खोलिएका फोल्डरको सूची देखिन्छ । त्यहाँ क्लिक गरेपछि तपाईले आजको दिन, यो साता, यो बर्ष लगायतका बिभिन्न अप्सन छानेर फोल्डर खोलिएको सूचना थाहा पाउन सक्नुहुन्छ ।
वेब ब्राउजर history मार्फत् पनि इन्टरनेटमा कुन फाइल चेक गरियो भन्ने जानकारी लिन सकिने छ ।
प्रबिधिसँग जानकार मानिसले यी माथिका बिधिलाई सजिलै छलेर तपाईको कम्प्युटर प्रयोग गर्न सक्छ ।
त्यसैले तपाईले Windows Log  बिधि प्रयोग गरेर पनि आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग गरियो भन्ने जानकारी लिन सक्नुहुन्छ ।
यसका लागि विन्डोज ८ मा Event Viewer अप्सन हुन्छ । सोमार्फत् तपाईले विन्डोज लग एक्सेस गर्न सक्नुहुन्छ । विन्डोज ७ र विन्डोज एक्सपीमा Control Panel मार्फत् Administrative Tools> Computer Management> र Event Viewer हुँदै अगाडी बढेर Windows Log  फोल्डर खोल्नुहोस् ।
windows-log-screen-shotत्यहाँ Security लग र Application  लग गरि दुईवटा अप्सन छन् । सेक्युरिटी लगमार्फत् तपाईको कम्प्युटरमा कतिखेर पछिल्लोपटक नयाँ युजरले एक्सेस गर्ने कोसिस गर्यो भन्ने सूचना हुने छ भने एप्लिेकसन लगमा पछिल्लोपटक कतिबजे कम्प्युटर रिबुट भयो र कुन कुन एप्लिकेसन प्रयोग भयो भन्ने जानकारी दिने छ । यसबाट तपाईले आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग भयो थाहा पाउनुहुनेछ । आफ्नो अनुपस्थीतिमा प्रयोग भएको अबस्थामा आफ्ना महत्वपूर्ण सूचनामाथि पुहँच पुर्याइयो कि भनेर सचेत हुन सजिलो हुने छ ।
यदि तपाईसँग कुनै नयाँ सहज तरिका छन भने कृपया प्रतिक्रियामार्फत् जानकारी गराई सहयोग गर्नुहोस् ।
स्रोत : अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger