Widgets

Home » , » रोजगारी खोज्दै दुई महिनामा ६८ देशमा पुगे नेपाली

रोजगारी खोज्दै दुई महिनामा ६८ देशमा पुगे नेपाली

Written By sangalo on Wednesday, March 12, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२८ फागुन, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा गत पुस र माग महिनामा नेपाली कामदारहरु ६८ देशमा छरिएका छन् । यीमध्ये इजरायल, लेबनान, जोर्डन, साइप्रस र जर्मनी जानेहरुमा पुरुषभन्दा महिलाको संख्या बढी देखिएको छ । कोरियाको इपीएस कोटामा पुरुषको तुलनामा महिलाको संख्या अति न्यून देखिएको छ ।
महिला कामदारले कहाँ-कहाँ जिते ?
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार पुस महिनामा जर्मनी जाने पुरुषको संख्या शून्य देखिएको छ भने महिलाको संख्या २२ रहेको छ । माघमा ३ पुरुष र ४५ महिला जर्मनी गएका छन् ।
लेबनान, जोर्डन, इजरायल र साइप्रसमा नेपाली पुरुषभन्दा महिला कामदारहरु बढी गएका छन् । साइप्रसमा पुसमा ४ जना र माघमा ३ जनामात्रै पुरुषहरु गएकोमा नेपाली महिलाहरु पुसमा ७२ जना र माघ मसान्तसम्म १ सय ७३ जना पुगेका छन् ।
Baideshik-rajgar-final-
लेवनान जाने महिलाको संख्या पुसमा ६० रहेको छ भने माघमा बढेर १ सय ३७ पुगेको छ । जबकि पुरुषहरु पुसमा १० र माघमा ३१ जनामात्रै लेवनान गएको सरकारी तथ्यांकमा देखाइएको छ ।
त्यस्तै इजरायल जाने नेपाली महिलाको माघको संख्या ४७ छ भने पुरुषहरुको संख्या १२ मात्र छ । जोर्डनमा पनि नेपाली महिलाले पुरुष कामदारलाई जितेका छन् । माघमा ८१ महिला जोर्डन पुगेका छन् भने पुरुषको संख्या २२ मात्र छ । पुसमा ४१ नेपाली महिला जोर्डन पुगेकोमा पुरुषको संख्या १८ छ ।
उत्तरी युरोपको बाल्टिक क्षेत्रमा पर्ने लातभिया गणतन्त्रमा गत पुसमा १५ र माघमा ३३ जना नेपाली महिलाहरु पुगेको विभागको तथ्यांकमा उल्लेख छ । उक्त देशमा पुसमा ६ जना र माघमा १४ जनामात्रै नेपाली पुरुषहरु पुगेका छन् । त्यस्तै इजिप्टमा पनि माघमा २ पुरुष र ७ महिलाहरु पुगेका छन् । ट्युनिसियामा माघमा ३ महिला मात्रै पुगेका छन् ।
कुबेतमा महिला पुरुष हाराहारी
कुबेत जस्तो देशमा वैदेशिक रोजगारीमा जाने नेपाली पुरुषकै हाराहारीमा महिलाको संख्या देखिएको छ । माघमा कुबेत जाने पुरुषको संख्या ८ सय ९२ छ भने महिलाको संख्या ८ सय ६२ छ । त्यस्तै ओमनमा माघ महिनामा १ सय ३३ पुरुषहरु पुगेका छन् भने महिला ९७ छन् ।
वैदेशिक रोजगारीका लागि महत्वपूर्ण गन्तव्य मानिने १३ देश बाहेक अन्य देशहरुमा संस्थागत एवं व्यक्तिगतरुपमा गएका नेपालीहरुको संख्याबारे विश्लेषण गर्दा पुरुषको संख्या ३ सय ४३ छ भने महिलाको संख्या २ सय ८ देखिएको छ ।
महिलाको बढ्दो उपस्थिति
वैदेशिक रोजगारीमा पुरुषहरुको संख्यामा न्यून उपस्थिति देखिए पनि मलेसिया, कतार, साउदी र युएईजस्ता देशमा नेपाली महिला पनि बढी नै जान थालेको तथ्यांकमा देखिएको छ ।
कतारमा माघ महिनामा १० हजार ९४ पुरुषहरु गएका छन् भने १ सय ८५ जना महिला भएका छन् । त्यस्तै मलेसियामा माघ महिनामा १२ हजार १ सय ५ जना पुरुषहरु कामका लागि गएका छन् । माघमा मलेसिया जाने महिला कामदारको संख्या ४ सय ५२ देखिएको छ । गत माघ महिनामा साउदी अरेबियामा ६३ नेपाली महिलाहरु कामका लागि पुगेका छन् भने बहराइनमा ३३ नेपाली महिला एकै महिनामा कामका लागि पुगेका छन् ।
Baideshik-rajgar
गत पुस र माघको आँकडा हेर्दा नेपाली महिलाहरु अजरबैजान, ब्राजिल, बु्रनाई, डेनमार्क, रसिया, ट्युनिसिया, लगायतका देशहरुमा पुगेका छन् । माघ महिनामा रोजगारीका लागि हङकङ जाने महिलाको संख्या २ मात्र देखाइएको छ भने जापान १८, फ्रान्स एक, क्यानडा १० जना देखाइएको छ । माघमा २८ जना पुरुष र १ जना महिला चीन गएका छन् ।
कोरियाको इपीएसमा ठगिए महिला
इपीएसको सरकारी कोटामा कोरिया जानेहरुमा पुरुषको तुलनामा महिलाको संख्या अत्यन्तै न्यून देखिएको छ । माघ महिनामा १ सय ७१ पुरुषहरु दक्षिण कोरिया गएकोमा महिलाको संख्या भने १० मात्रै रहेको छ ।
गत पुसमा इपिएस कोटामा कोरिया जाने पुरुषको संख्या ४ सय ९९ रहेकोमा महिलाहरु २३ जना परेका छन् ।
इराकमा नेपालीहरु प्रसस्तै जाने गरेका भए पनि सरकारी आँकडामा शून्य देखाइएको छ । इरान र पाकिस्तानमा दुई महिनायता दुईजना पुुरुषहरु गएको देखाइएको छ ।
अमेरिका कति भासिए ?
डीभी परेर वा विभिन्न कारणले अमेरिका जानेहरुको संख्या युरोपेली देशको तुलनामा निकै बढी देखिएको छ । पुस महिनामा मात्रै ४९ पुरुष र २० महिला अमेरिका गएका छन् भने माघमा ८४ पुरुष र २६ महिला अमेरिका भासिएका छन् ।
कुन-कुन देशमा पुगे नेपाली ?
वैदेशिक रोजगारीका लागि खुलेका बाहेक अन्य देशमा व्यीक्तगत रुपमा नेपालीहरु छरिएका छन् । सरकारी तथ्यांकमा देखाइए अनुसार इथियोपिया, पूर्वी टिमोर, दक्षिण अफि्रका, सोमालिया, दक्षिण सुडान, पपुवा न्युगिनी, अंगोला, यमन, युगान्डा, तान्जिनिया,रसिया, पोल्याण्ड, न्युजिल्याण्ड, मोजाम्बिक, मोरिसस, मालदिभ्स मकाओ, कंगोलगायतका देशमा फाट्टफुट्ट नेपालीहरु पुगेका छन् । यीमध्ये पूर्वी टिमोर र मकाओमा महिलासमेत छन् भने अरु देशमा पुरुषहरु मात्र छन् । युरोपेली मुलुकमा नेपालीको संख्या उल्लेख्य छ । दुई महिना यतामात्रै ६८ मुलुकमा नेपालीहरुले पाइला टेकेको विभागको तथ्यांकले देखाएको छ ।
स्रोत : अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger