Widgets

Home » » शौचालयमा ‘सरप्राइज’ सुत्केरी, डाभइ हानेर बाबुले जोगाए बच्चा

शौचालयमा ‘सरप्राइज’ सुत्केरी, डाभइ हानेर बाबुले जोगाए बच्चा

Written By sangalo on Thursday, March 13, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
प्रेमिकाले शौचालयमा अचानक बच्चा जन्माउन थालेपछि एक पुरुषले क्रिकेटरले झैँ डाइभ हानेर बच्चा खस्नबाट जोगाएका छन् ।
अष्ट्रेलियाको मेलवर्नका कार्ल फोर्ड र उनकी प्रेमिका हेलरी क्रम्पलाई बाबाआमा बन्दैछौं भन्ने थाहा थिएन । किनकी हेलरीको न महिनाबारी रोकिएको थियो न त पेटको आकार बढेको थियो ।
‘म बाथरुममा थिएँ । तर, के हुँदैछ भन्ने मलाई थाहा थिएन’हेलरीले भनेकी छन्-मैले यति भनेँ मबाट केही आउँदैछ ।’ केही अस्वस्थ रहेका प्रेमिका बाथरुमबाट सहयोग मागेपछि करिव १२ फिट पर रहेका कार्ल केही नहेरी हामफाले ।
क्रिकेट फ्यान समेत रहेका उनले भनेका छन्-’हेलरी सहयोग मागिरहेकी थिइन । म करीव १२ फिट पर थिएँ । मैले सट्ट डाइभ हानेँ र बच्चा ट्वाइलेटमा खस्नु अघि नै समातेँ ।’
Karl-Ford-and-Hilary-Crump-
आफूले सुपर विकेटका लागि हावामा डाइभ हाने जस्तै गरेको भन्दै उनले भनेका छन-’तपाईलाई लाग्छ कि यस्तो हुनसक्दैन । तर, मैले गरेँ ।’
केहीबेरमा एम्बुलेन्स आइपुग्यो । किनकी सन्चो नभएपछि हेनरीले १११ मा फोन गरेकी थिइन् । बच्चा र आमा दुबैलाई तत्काल अस्पताल भर्ना गरियो ।
६ दिने अस्पताल बसाइपछि फेबु्रअरी २६ मा उनीहरु मेलवर्नस्थित घर फर्किएका छन् । २६ वर्षकी हेनरी केयर वर्कर हुन् भने ३७ वर्षका कार्ल एकाउन्टेन्ट हुन् ।
संसारमा पछिल्ला दिनमा सरप्राइज बर्थका समाचारहरु आइरहेका छन् । अध्ययनका अनुसार हरेक ६ सय महिलामा एक जनालाई आफु गर्भवती भएको बच्चा जन्माउन लागेको भन्ने कुरा सुत्केरी हुने बेलासम्म पनि थाहा पाउँदैनन् ।
खासगरि ब्यस्त र मोटा आइमाइहरु जसले आफु गर्भवती भएँकी भइन भनेर संकेतहरु ख्याल गर्दैनन, उनीहरुले बच्चा पाउने बेलासम्म पनि आफु आमा बन्न लागको भेउ पाउँदैनन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger