Widgets

Home » , » रुचि आआफ्नो

रुचि आआफ्नो

Written By sangalo on Tuesday, March 11, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

actress

काठमाडौ, फाल्गुन २६ - भिडियो खिच्ने क्यामेरा मोबाइलमै सम्भव भएपछि हिजोआज प्राइभेट भिडियो खिच्ने र बाहिरिने क्रम सामान्य हुँदै गएको छ । रिलेसनसिपमा रहेका बेला पार्टनरसँगका अन्तरंग क्रियाकलापका भिडियो फुटेज बाहिरिएर धेरै सेलिब्रिटीलाई टाउको दुखाइ हुँदै आएको छ । नेपालमै पनि यस्तो समस्या डरलाग्दो गरी देखिइरहेको छ । तर हलिउड नायिका क्यामरुन डियाजले अन्तरंग दृश्य खिच्दा कुनै आपत्ति नहुने जिकिर गरेकी छन् । बरु यस्ता दृश्यले मज्जा दिने अनुभव सुनाउँछिन् । हालै रिलिज क्रममा रहेको फिल्म 'सेक्स टेप' मा उनी को-स्टार ज्यासोन सेगेलकी जोडी भएकी छन् । फिल्ममा यी दुईले आफ्नो अनुभवका लागि सेक्स टेप खिचेका हुन्छन् । त्यो दृश्यमा क्यामरुनले कमरमाथिका कपडा फुकालेकी थिइन् । त्यसबारे उनले भनेकी छन्, 'पूरा फिल्म हामी दुईबीचको लभ मेकिङबारेमा नै छ । तर छायांकन गर्दा कुनै अप्ठ्यारो भएन । क्रु मेम्बरहरू सबैले उत्कृष्ट काम गरे । हामीलाई उनीहरूले सम्मान दिएकाले कुनै समस्या भएन ।' ४१ वर्षीया नायिकाले ज्यासोनले पनि आफूलाई त्यस्ता दृश्यका लागि विश्वस्त पार्न सकेको दाबी गरेकी छन् । 'कहिलेकाहीं दृश्यको बीचमै म रोकिन्थें र छोडिदिन्थें । सबैले हामीलाई हेरिरहेका हुन्थे । तर हामीले यो हाम्रो ड्युटी हो भन्ने बुझेकाले हाँस्दै, रमाउँदै त्यस्ता दृश्य दियौं । कतिपय दृश्यमा त हामी उत्ताउला पनि बन्थ्यौं ।' २० वर्षअघि 'द मास्क' मार्फत हलिउड छिरेकी क्यामरुनको पछिल्लो फिल्म 'द काउन्सिलर' गत वर्ष प्रदर्शनमा आएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger