Widgets

Home » , » दाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु

दाङमा जीप दुर्घटना, ७ जनाको मृत्यु

Written By sangalo on Tuesday, March 11, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

dang

दाङ, फाल्गुन २७ - दाङको फुलबारीमा सोमबार राति भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित ६ जना गम्भीर घाइते भएका छन् । तुलसीपुरबाट अमेलिया तर्फ जादै गरेको बा ११ च ११०८ नम्बरको जीप फुलबारी गाबिस १ भन्ज्याङमा पल्टिएको हो । दुर्घटनामा फुलबारी ६ बखरीया निवासी १९ वर्षीय खड्ग डागी, १८ बर्षीय शंकर चौधरी, २२ वर्षीय प्रवीण खड्का, २२ वर्षीय गणेश केसी, २८ वर्षीय मधु योगी र २८ वर्षीय पुर्णबहादुर वली र रवि गिरीको घटना स्थलमै मृत्यु भएको घटना स्थल पुगेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक मिलन श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाईते हुनेहरुमा फुलबारी ६ निवासी सशस्त्र प्रहरीका हवल्दार मिनबहादुर बस्नेत, जीप चालक माधव रेेग्मी, तेजवहादुर गिरी, डिल्ली पुरी र भागबत बस्नेत रहेको प्रहरीले बताएको छ । घाईते मध्य विशाल परियार बाहेक सवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गम्भीर घाईते सबैलाई उपचारका लागी नेपालगञ्ज लगिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
 स्रोत : कान्तिपुर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger