Widgets

Home » , » नेपाली सेनाले पायो दक्षिणी सुडानको फोर्स कमाण्डिङ - राष्ट्रसंघीय मिसनमा जाने सैनिकको संख्या एक लाख नाघ्यो -

नेपाली सेनाले पायो दक्षिणी सुडानको फोर्स कमाण्डिङ - राष्ट्रसंघीय मिसनमा जाने सैनिकको संख्या एक लाख नाघ्यो -

Written By sangalo on Tuesday, March 11, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२७ फागुन, काठमाडौं । नेपाली सेनाले दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिशनको डेपुटी फोर्स कमान्डरको जिम्मेवारी पाएको छ । विभिन्न मुलुकका सैन्य अधिकारीवीच भएको प्रतिस्पर्धाबाट जीत हात पारेपछि उक्त जिम्मेवारी सम्हाल्न नेपाली सेनाका सहायक रथी रमेशकुमार पुन दक्षिणी सुडानतर्फ लागेका छन् ।sena
दक्षिणी सुडानको यही मिसनमा कार्यरत रहेका बेला कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेका थिए । नेपाली सेनाको अन्तरराष्ट्रिय छवि धुमील भएको गुनासो आइरहेका बेला जर्नेल पुनले कुमार लामाले सम्हालेको भन्दा अझै माथिल्लो जिम्मेवारी पाएका छन् । राष्ट्रसंघको छनोटमा परेपछि नेपाली सेनाले आफ्नो गौरवमय छवि पुनस्थापित गरेको सैन्य स्रोतले बताएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि खटिने फोर्सको डेपुटी कमान्डर जितेपछि आफ्नो जिम्मेवारी सम्हाल्न सहायक रथी पुन मंगलबार दिउँसो त्यसतर्फ लागेका हुन् ।
मिसनमा जाने सैनिकको संख्या एक लाख नाघ्यो
शान्ति मिसनमा जाने नेपाली सैनिकको संख्या एक लाख नाघेको छ । अफ्रिकी मुलुकमा शान्ति मिसनमा जान थालेको ५५ वर्षको अवधिमा विभिन्न ४० वटा छुट्टाछु्टै मिसनवाट अहिलेसम्म करिव एक लाख ५ सय ५० पुगेको नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न १३ वटा मिशनहरूमा अहिले ३ हजार ८ सय ५४ शान्ति सैनिकहरू कार्यरत छन् ।
यसैवीच शान्ति स्थापनार्थ लेबनान र सिरियामा जान लागेका सैनिकहरुका लागि पाँचखालको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा दिइएको तालिमको मंगलबार प्रधान सेनापति गौरबसमशेर जबराले समापन गरेका छन् ।
स्रोत : अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger