Widgets

Home » » श्रीमती र छोरालाई जिउँदै जलाउने प्रयास

श्रीमती र छोरालाई जिउँदै जलाउने प्रयास

Written By sangalo on Tuesday, March 11, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२७ फागुन, सल्यान । सल्यानको कुपिण्डेदह गाविसका एक व्यक्तिले आˆनी श्रीमती र दुई छोरालाई जिउँदै जलाएर मार्ने प्रयास गरेका छन् । कुपिण्डेदह-२ आगरनेटाका ३२ वर्षका ठगे कुँवरले गएराति आफ्नै घरमा श्रीमती र छोराहरूलाई घरभित्र थुनेर आगो लगाएर मार्ने प्रयास गरेका हुन् । दुईवटी श्रीमती विवाह गरेका कुँवरले घरमा आगो लगाइसकेपछि बाहिरबाट ढोका लगाएर भागेका थिए । श्रीमान्ले घरमा आगो लगाएपछि ३४ वर्षकी श्रीमती सुनिता कुँवरले घरमा आगो लगाएको थाहा पाएपछि कोठाको ढोका फोडेर बाहिर निस्किएकी थिइन् । ‘राति ९ बजे मदिरा सेवन गरेर आएछन्’- सुनिताले भनिन् ‘म निदाइसकेकी रहिछु कोठामा धुवाँ आएपछि आगो लगाएको थाहा पाएँ र ढोका फोडेर बाहिर आएँ ।’ अर्को कोठामा सुतिरहेका उनका छोराहरू १३ वर्षका हरिहर कुँवर र ८ वर्षका भूपेन्द्र कुँवरले आफू सुतेको कोठामा छानोबाट आगो खसेपछि थाहा पाएका थिए । त्यसपछि उनीहरू पनि बाहिर निस्केर ज्यान जोगाएको पीडित महिला सुनिताले बताइन् । श्रीमान्ले यसअघि पटकपटक कुटपिट गर्दै आएको पीडित सुनिताले बताइन् । आगोले जलेर घर पूर्ण रूपमा नष्ट भएको छ भने घरमा भएका लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएका छन् । घटनापछि श्रीमान् ठगेलाई प्रहरीले पक्राउ गरेको छ । पीडित सुनिताले पीडक श्रीमान्विरुद्ध ज्यान मार्ने उद्योग, बहुविवाह र अशंमुद्दा दिएकी छन् । घटनाको अनुसन्धान गरेर पीडितलाई न्याय दिलाउन लागिपर्ने प्रहरीले बताएको छ । ठगेले २०५७ सालमा सुनितासँग पहिलो बिहे गरेका थिए भने ०६३ सालमा दोस्रो बिहे गरेका थिए । रासस स्रोत : अनलाईनखबर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger