Widgets

Home » » तपाईको सम्बन्ध कति टिक्छ ? अब फेसबुकले बताइदिन्छ

तपाईको सम्बन्ध कति टिक्छ ? अब फेसबुकले बताइदिन्छ

Written By sangalo on Monday, February 17, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
facebook-relationship
तपाई कसैसँगै अफेयरमा हुनुहुन्छ र यो सम्बन्ध कति टिक्ला भनेर कहिलेकाहीं चिन्तित हुनुहुन्छ ?
अब चिन्ता लिनु पर्दैन् । किनकी सामाजिक संजाल फेसबुकले तपाईको सम्बन्ध कति टिक्छ भन्ने थाहा दिन्छ ।
हालै अमेरिकामा गरिएको एउटा सर्वेक्षणले फेसबुकमा लेखिने ‘रिलेसनसीप स्टाटस’ को आधारमा अफेअर ‘आयु’ अनुमान गर्न सकिने बताएको छ ।
यदि तपाईले फेसबुकको भित्तामा लगातार तीन महिनासम्म ‘इन अ रिलेसनसिप’ लेख्नुभएको छ भने तपाईको अफेयर चार वर्षसम्म टिक्नसक्ने विश्लेषण गरिएको छ ।
सन् २००८ देखि २०११ सम्मको अवधिमा गरिएको अध्ययनअनुसार गर्मी मौसममा सम्बन्ध बढी टुट्ने गरेको पाइएको छ । सर्वेक्षणले सन् २०११ मा सर्वाधिक सम्बन्ध टुटेको जनाएको छ ।
facebook-relationship-1
तपाईंले फेसबुकमा कसैप्रति लक्षित गरी ‘इन अ रिलेसनसीप’ स्टाटस तीन महिना वा सोभन्दा बढी अवधिसम्म लेखिरहनु भएको छ भने सो सम्बन्धको आयु बढी हुन सक्छ ।
फेसबुक डाटा वैज्ञानिक बोग्डान स्टेटको संयोजनमा सन् २००८ देखि सन् २०११ सम्म सहभागी अमेरिकी फेसबुक फ्रेण्डहरुको स्टाटस अध्ययन गरिएको थियो ।
फेसबुकले किशोर पुस्ताको ‘रोमान्टिक’ सम्बन्धको मात्र विश्लेषण गरेको हो । विवाहित जोडी उनीहरुको सर्वेक्षणमा सहभागी थिएनन् । कम्तिमा २३ वर्ष उमेरका किशोर पुस्ता मात्र सर्वेक्षणमा केन्द्रित थिए । ’हरेक महिना अस्थीर मित्रताको अन्त्य हुने क्रम निकै रहेको पाइयो’ स्टेटले भने ‘स्थायी भनिएका मित्रहरु पनि टाढिने क्रम बढ्दो रहेछ ।’
facebook-relationship-2
त्यस्तै, औसत युवाले महिनाको २० डलरसम्म डेटिङ साइटमा पार्टनर खोज्न खर्चिने गरेको अध्ययनका क्रममा फेला परेको छ । निःशुल्क फेसबुकको माध्यमले पार्टनर खोज्ने क्रम पनि निकै छ । अन्य लोकप्रिय सामाजिक सञ्जालमा दोस्रोमा ट्वीटर र तेस्रोमा माई स्पेस पर्दछ जहाँबाट मानिसहरु पार्टनरको खोजी गर्छन् ।
ट्वीटरको माध्यमले पार्टनर खोज्ने क्रम इण्डोनेसिया, फिलिपिन्स, भियतनाम, केन्या, ब्राजिल र मेक्सिकोमा बढी पाइएको छ । भियतनाममा अनलाइनको माध्यमले डेटिङ गर्ने क्रम ६७ प्रतिशत छ, जबकि ब्राजिलमा २५ प्रतिशत पनि छैनन् । अनलाइनमा डेटिङ पार्टनर खोज्ने विकल्प धेरै भएकोले आफूले सामाजिक सञ्जालको बढी उपभोग गरिरहेको सर्वेक्षणमा सहभागीहरुले बताएका छन् ।
स्रोत : अनलाईनखबर 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger