भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
५ फागुन, काठमाडौं । अर्घाखाँचीको मसिनेलेकमा भएको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शवलाई नेपाली सेनाको हेलिकोप्टरबाट राजधानी ल्याइएको छ ।
मसिनेलेकमा दुर्घटनामा परी मृत्यु भएका सबै १८ जनाकै शव नेपाली सेनाको हेलिकोप्टरबाट राजधानी ल्याइएको हो । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर त्रिभूवन विमानस्थलमा केही बेरअघि अवतरण गरेको छ ।
घटनास्थलबाट संकलन गरिएका शवलाई सानो हेलिकोप्टरबाट सन्धिखर्कस्थित नेपाली सेनाको व्यारेकमा ल्याएपछि नेपाली सेनाको एमआई १७ हेलिकोप्टरबाट राजधानी ल्याइएको हो । काठमाडौं ल्याइएका शवलार्इ शवबहानमा राखेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।
चालक दलका तीन सदस्य र १५ जना यात्रुसहित पोखराबाट जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको नाइन एन एवीवी ट्वीनअटर विमान आइतबार दिउँसोबाट हराएको थियो । सोमबार विहान नेपाली सेनाको हेलिकोप्टरले विमान ढिकुरा गागिसको मसिनेलेकमा दुर्घटनाग्रस्त जहाज देखेपछि उद्दार टोली पुगेको थियो ।
स्रोत : अनलाईनखबर
स्रोत : अनलाईनखबर

Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.