Widgets

Home » » कोरियामा रिसोर्ट भत्कँदा १० को मृत्यु

कोरियामा रिसोर्ट भत्कँदा १० को मृत्यु

Written By sangalo on Tuesday, February 18, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

koria

सोल , फाल्गुन ६ - दक्षिण कोरियाको ख्यङसाङ प्रदेशको उत्तरी क्षेत्रमा पर्ने ख्यङजुमा सोमबार राति एक रिसोर्ट भत्किदा १० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ९ विद्यार्थी र १ सर्वसाधारण रहेका छन् । १ सय ३ जना भन्दा बढी घाइते भएका छन् । २ घाइतेको अवस्था गम्भीर रहेको छ । कोरियाली संचार माध्यमहरुले जनाए अनुसार कोलोन गु्रपद्धारा संचालित रिसोर्ट राति ९ बजेर ६ मिनेटमा भत्किएको थियो । भारी हिमपातका कारण रिसोर्टको छतमा अत्यधिक मात्रामा हिउँ जमेकाले भवन भत्किएको हो । त्यहाँ बुसान विश्व विद्यालयको विदेशी विभागमा अध्ययन गर्न आएका नयाँ विद्यार्थीहरुको स्वागतार्थ सांगितिक कार्यक्रम आयोजना गरिंदै थियो । कार्यक्रममा विश्वविद्यालयका ५ सय ६५ भन्दा बढी विद्यार्थीहरु रहेका थिए । रिसोर्टका ११ कर्मचारीको अवस्था अझै अज्ञात रहेको छ । घटनामा नेपाली परे नपरेको थाहा भएको छैन । 'घटनामा नेपाली विद्यार्थी परे नपरेको कुनै जानकारी आएको छैन ।' सोलस्थित नेपाली दूतावासका एक अधिकारीले इकान्तिपुरलाई बताए । अत्यधिक हिउँ परेको र रिसोर्ट पहाडी इलाकामा रहेकाले उद्धारमा समस्या परिरहेको पनि संचार माध्यमहरुले जनाएका छन् । घटनास्थलमा १४ सय भन्दा बढी उद्धारकर्ता खटिरहेका छन् । घाइतेहरुको उपचार उल्सान अस्पतालमा भइरहेको छ । बुसान, ख्यङजु क्षेत्रमा गत हप्तादेखि लगातार हिउँ परिरहेको छ ।
 स्रोत: कान्तिपुर

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger