भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गाँजा एकप्रकारको वनस्पतिमा पर्छ । नेपालको तराई भेगमा यसको खेती पनि गरिन्छ, तर लुकीछिपी । यसको पात र डाँठबाट गाँजा बनाइन्छ । कतिपयले भाङको पातबाट पनि गाँजासरह पदार्थ बनाउने गर्दछन् । गाँजाको सेवन खासगरी मानसिक स्वास्थ्यका लागि गर्ने गरिएको छ । तर, यसको मापदण्डविपरीत सेवन गर्दा प्रतिकूल असर पर्ने आयुर्वेदमै उल्लेख छ ।
अमेरिकाका केही राज्यमा गाँजालाई औषधीय मान्यता पनि दिइएको छ । हाम्रै वैद्य, कविराजहरुले पनि मानसिक रोगहरुमा गाँजाको मात्रा मिलाएर औषधि बनाउने गरेका छन् ।
गाँजामा पाइने तत्व
गाँजामा रहेको डेल्टा ९ टीएचसीले मस्तिष्कमा विशेष असर गर्दछ । जब गाँजा धूँवाको रुपमा सेवन गरिन्छ, तब यसमा रहेको रासायनिक तत्व छिटै रगतमा मिसिएर मस्तिष्क र शरीरका अन्य भागहरुमा प्रसार हुन्छ । यसलाई चिकित्सकीय भाषामा ‘स्टोन्ड’ भनिन्छ । गाँजामा भएको तत्वहरुले भावना, सोचाइ र अनुभूति सबै नियन्त्रित गर्दछ । यसमा कतिपयले खुसी अनुभव गर्छन् । कतिपयले तनाव घटेको, निन्द्रा लागेकोजस्तो आनन्द महसुस गर्दछन् ।
तर, सेवन गर्नेमध्ये १० प्रतिशतलाई भने गाँजाको प्रतिकूल असर पर्दछ । उनीहरुले तनाव बढेको, बेचैनी भएको, आत्तिएकोजस्ता महसुस गर्दछन् ।
लामो समयको सेवनबाट गाँजाले दीर्घकालीन समस्या थोपरिदिन्छ । वर्षौंको गाँजा सेवनपछि मानिसमा डिप्रेसन पाँच गुणासम्म बढेको तथ्य अष्टे्रलियामा गरिएको सर्वेक्षणमा खुलेको छ ।
लामो समयको सेवनबाट गाँजाले दीर्घकालीन समस्या थोपरिदिन्छ । वर्षौंको गाँजा सेवनपछि मानिसमा डिप्रेसन पाँच गुणासम्म बढेको तथ्य अष्टे्रलियामा गरिएको सर्वेक्षणमा खुलेको छ ।
किशोर उमेरका १६ सयजनामाथि गरिएको अध्ययनले डिप्रेसन बढेको तथ्य फेला परेको हो । त्यस्तै, परिवारमा कसैलाई साइकोसिस नामक मानसिक रोग लागेको छ भने गाँजा सेवन गर्नेलाई पनि सर्ने खतरा बढी हुने बताइएको छ ।
स्रोत : अनलाईनखबर
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.