Widgets

Home » , » मोटोपना घटाउने ५ तरकारी

मोटोपना घटाउने ५ तरकारी

Written By sangalo on Wednesday, February 19, 2014

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१) लौकाः लौका पर्याप्त पानी र रेसा (फाइबर) रहेको हुन्छ । यसमा क्यालोरी कम हुने भएकोले भोक नियन्त्रित गर्दछ । हरेक विहान एक गिलास लौका जूस सेवन गरे मोटोपना नियन्त्रणमा सहयोग पुग्छ । तर लौकाको जूस छनेर पिउनु भने हुँदैन । जूस छान्दा यसमा भएको फाइबर फ्याँकिन्छ । भोक नियन्त्रणमा फाइबरको भूमिका अधिक हुन्छ ।
fat२) ब्रोकाउलीः यसमा प्रेाटिन, भिटामिन र कार्बोहाइडे्रट पर्याप्त परिमाणमा पाइन्छ । सजिलै पाचन गर्न सकिन्छ । भिटामिन ई, क्याल्सियम, आइरन, म्याग्नेसियम आदि पनि रहेको र यी तत्वहरु मोटोपना नियन्त्रणमा सहायकसिद्ध भइसकेका छन् ।
३) फर्सीः फर्सी स्वादमा अलि गुलियो हुन्छ । हरेक विहान एक गिलास फर्सीको जूस पनि पिउन सिफारिस गरिएको छ । यसमा हुने क्यारोटिनले मोटोपना नियन्त्रणमा निकै सहयोग पुग्ने बताइएको छ ।
४) काँक्रोः काँक्रोको सेवनले पेट भरिएको महसुस हुन्छ । यसबाट भोक नियन्त्रण हुन्छ । यसमा ९० प्रतिशत पानी रहेको हुन्छ । यसलाई भोजनपछि सलादको रुपमा खानु पर्दछ । सकेसम्म काँक्रोको बोक्रा नताछी खानुपर्दछ । काँक्रोको बोक्रामा फाइबर र पौष्टिक पदार्थ पर्याप्त पाइन्छ ।
५) करेलाः स्वादमा तितो भएपनि करेला निकै गुणकारी तरकारी हो । शरिरमा रगतमा चिनीको परिमाण नियन्त्रण गर्दछ । मधुमेह रोगीको लागि करेलाको जुस अमृतसमान हुने गर्दछ ।
-एजेन्सीको सहयोगमा

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger