Widgets

Home » , » प्रहरी पनि बाधापारमा फेल

प्रहरी पनि बाधापारमा फेल

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Nepal Police

काठमाडौं, भाद्र १० - नेपाल प्रहरीमा प्रहरी निरीक्षकको परिक्षा दिएका प्रहरी कर्मचारीहरु बाधापार परीक्षामा असफल भएका छन् । प्रहरी प्रधान कार्यालय मानबस्रोत बिभागले दिएको जानकारी अनुसार परिक्षा दिने मध्ये अधिकांस बाधापारमा फेल भएको जनाएको छ । प्रहरी प्रवक्ता डिआइजि नवराज सिलवालले प्रहरी भित्र भएकै कारण हाम्रा कर्मचारीले बिशेष सहजता हुने आश गरेको बताए । 'तर हामीले सर्वसाधारण र प्रहरी कर्मचारीलाई समान गरेका हौं' उनले भने 'प्रहरीमा केहि बर्ष अघि जागिर खादैंमा सहजता हुदैन ।' मुख्यालयले जनाए अनुसार प्रहरीमा रहेका १ हजार १ सय ६२ जनाले प्रहरी निरीक्षक पदमा प्रतिस्पर्धा गरेका छन् । ति मध्ये ३ सय २१ जना बाधापार परिक्षामा असफल भएका छन् । महाराजगञ्ज स्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा लिइएको बाधापार परिक्षामा सर्वसाधारण तर्फ ३ हजार १ सय ९ जना पुरुषले दर्खास्त दिएका थिए । ति मध्ये १ हजार १ सय ८४ जना फेल भएको मुख्यालयले जनाएको छ । महिला तर्फ २ सय १३ जनाकेा दर्खास्त परे मध्ये १ सय ३१ जना अनुतिर्ण भएका छन् । समावेसीमा १ हजार २ सय ३८ जना मध्ये ५ सय ५० जना अनुतिर्ण भएका छन् । प्रहरी भित्रबाटै प्रतिस्पर्धामा उत्रिएर असफल हुनेहरुका बिषयमा भित्रै भित्रै छानबीन गरिने डिआइजी सिलवालले बताए । 'त्यतिबेला नै शारिरीक परिक्षामा अनुतिर्ण हुने सम्भावना राख्नेहरु कसरी उत्तिर्ण भए संगठनले आन्तरिक छानबीन गर्नेछ' उनले भने 'त्यसरी भर्ना हुने र गर्नेलाई छानबीन पछि कारबाही गरिनेछ ।' प्रहरी स्रोतका अनुसार प्रहरी भित्रबाटै लड्नेहरु मध्ये धेरैको उचाई नै पुगेको छैन । प्रहरीमा जागिर खान ५ फिट दुई इन्च उचाई चाहिन्छ । तर धेरैको उचाई नै नपुगेको स्रोतले बतायो । 'प्रहरीमा भर्ना भएपछि हाइट घटेको होइन होला पहिला नपुग्दा नपुग्दै भनसुन गरेर भर्ना भएको देखिन्छ' मानब स्रोत बिभागका एक प्रहरी अधिकृतले भने 'अहिले उचाई लगायत सबै क्षमता पुगेका ब्यक्तिलाई छाडेर उनीहरुलाई लिने भन्ने हुदैन ।' त्यसरी असफल हुनेहरु उचाई नपुग्नेका साथै घुँडा जोडिने, आँखामा समस्या भएकाहरु छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger