Widgets

Home » , » प्रमुख विवादमा पाटन क्याम्पस महिनादेखि ठप्प

प्रमुख विवादमा पाटन क्याम्पस महिनादेखि ठप्प

Written By sangalo on Sunday, August 25, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

patan campus

ललितपुर, भाद्र १० - क्याम्पस प्रमुख पदको विषयमा विद्यार्थी संगठनहरूबीच विवादले पाटन संयुक्त क्याम्पस एक महिनादेखि बन्द भएको छ । क्याम्पस प्रमुखले राजीनामा दिने, नदिनेबारे एमाओवादी निकट अखिल क्रान्तिकारी र अन्य विद्यार्थी संगठनबीच विवाद हुँदा सयौं विद्यार्थीको पठनपाठन एक महिनादेखि रोकिएको हो । एमाले अखिल, नेविसंघ, वैद्य माओवादीको क्रान्तिकारी, अखिल छैटौंले क्याम्पस प्रमुख अमन श्रेष्ठको राजीनामा माग्दै क्याम्पस प्रवेशमा रोक लगाएका छन् भने एमाओवादीको अखिल क्रान्तिकारीले प्रमुखको समर्थन गरेको छ । राजीनामा माग्ने विद्यार्थी संगठनले क्याम्पस प्रमुखले आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् भने क्याम्पस प्रमुखले पुष्टिको चुनौती दिएका छन् । तलब नपाएपछि नेपाल प्राध्यापक संघले एक महिनादेखि पेनडाउन गरेको छ । क्याम्पस आउने विद्यार्थीले पढाइ हुनुपर्ने मुख्य समयमा पनि पढ्न पाएका छैनन् । यहाँ स्नातक तथा स्नातकोत्तर तहको पढाइ हुन्छ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा राजनीतिक भागबण्डाका आधारमा क्याम्पस प्रमुख नियुक्त गर्दा पाटन एमाओवादीको भागमा परेको थियो । आन्दोलन गर्ने विद्यार्थी संगठनले क्याम्पसको शैक्षिक सुधारको कुनै एजेन्डा भने अगाडि ल्याएका छैनन् । क्याम्पस प्रमुख श्रेष्ठले विद्यार्थी संगठनसित आफ्नो राजीनामा माग्ने कुनै आधार नरहेको उल्लेख गर्दै 'कांग्रेस समर्थकलाई क्याम्पस प्रमुख बन्ने हतारोले विवाद झिकिएको' बताए । 'व्यक्तिगत लाञ्छना लगाएर राजीनामा गर्न बाध्य पार्ने र आफ्ना मान्छेलाई क्याम्पस प्रमुख बनाउने कांग्रेस- एमाले समर्थकको यो चाल हो,' श्रेष्ठले कान्तिपुरसित भने, 'कुनै गल्ती र अनियमितता नै नगरेको मैले किन राजीनामा दिने ?' विद्यार्थी संगठनले भने प्रमुख श्रेष्ठले क्याम्पसको स्वामित्वमा रहेको ललितपुरको विशालबजार भाडामा अनियमितता गरेको आरोप लगाएका छन् । एमाओवादीपछि अब क्याम्पस प्रमुख हुने पालो कांग्रेसको छ । नेविसंघका इकाइ अध्यक्ष दीपेन वान्तवाले क्याम्पस प्रमुखले समस्या छलफल र शान्तिपूर्ण ढंगबाट समाधान गर्न नखोजेकाले आफूहरू विरोधमा उत्रेको बताए । 'विभिन्न अनियमितताका घटनामा उहाू मुछिनुभएको छ, सहमतिमा छानबिन गरौं र सत्यतथ्य पत्ता लगाऔंभन्दा एकलौटी ढंगले अघि बढ्न खोजेपछि बाध्य भएर राजीनामा मागेका हौं,' वान्तवाले भने । एमाओवादीको अखिल क्रान्तिकारीले भने क्याम्पस प्रमुखले राजीनामा दिन नहुन अडान राखेको छ । यसले विद्यार्थी संगठनबीच विवाद बढाएको छ । क्याम्पस प्रमुख श्रेष्ठले विशालबजार भाडाको निर्णय आफू एक्लैले नभई क्याम्पसको कार्यसमितिले गरेको बताए । एमाओवादी समर्थित अनेरास्ववियु क्रान्तिकारी पाटन क्याम्पस इकाइका अध्यक्ष इमान रानाले क्याम्पस प्रमुखको विरोध गर्ने संगठनहरूसूग कुनै जायज माग र आधार नभएको जनाए । 'यो विश्वविद्यालय सुधारको मुद्दाभन्दा पनि कांग्रेस- एमालेले आफ्नो कोटामा प्रमुख बनाउने खेल रचेका हुन्,' उनले भने । क्याम्पस प्रमुखको प्रवेश नहुँदा लेखा ठप्प छ । लेखा बन्द हुँदा पछिल्लो २ महिनादेखि अध्यापक तथा कर्मचारीले तलब पाएका छैनन् । एकजना उपप्राध्यापकका अनुसार करारमा कुन दल समर्थक कतिजना अध्यापक नियुक्त गर्ने भन्नेबारे पनि कुरा मिलेको छैन । प्रमुखले माओवादी समर्थकलाई बढी प्राथमिकतामा राखेपछि प्राध्यापकहरूले नै विद्यार्थी संगठनको प्रयोग गरेर त्यसको विरोध थालेको ती उपप्राध्यापकले बताए । प्रमुखले भने त्यसलाई स्वीकारेका छैनन् । स्ववियु पदाधिकारी र क्याम्पस प्रमुखको विवादले गत असारको दोस्रो साता पाटन क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडप भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger