Widgets

Home » , » दुई गोर्खाल्याण्ड नेतृको मृत्यु

दुई गोर्खाल्याण्ड नेतृको मृत्यु

Written By sangalo on Saturday, August 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
इलाम– सीमावर्ती पशुपतिनगर नजिकैको भारतीय सडकमा शनिवार राती भएको सवारी दुर्घटनामा दुई गोर्खाल्याण्ड नेतृको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको मिरिकमा उपचार भइरहेको छ। दार्जिलिङबाट घर फर्किंदै गरेका गोर्खा जनमुक्ति नारी मोर्चाकी मिरिक क्षेत्र उपाध्यक्ष अञ्जना बम्जन र केन्द्रिय कमिटी सदस्य बिन्दु तोलाङ्गीको पा"चमाइल भन्ने ठाउँमा दुर्घटना हुँदा घटनास्थलमैं ज्यान गएको पशुपतिनगरस्थित सुरक्षा स्रोतले जनाएको छ। घुमाउरो सडकमा गुडिरहेको गाडी अनियन्त्रित भई झण्डै तीनसय फुट तल झाडीमा खसेको थियो । गाडीबाट गम्भीर घाइते तीन जनाको उद्दार गरि अस्पताल भर्ना गरिएको छ । गाडीमा चालकसहित पाँच यात्रु सवार रहेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger