Widgets

Home » » अरुण पूर्वका ९ जिल्ला बन्द

अरुण पूर्वका ९ जिल्ला बन्द

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

banda

संखुवासभा, श्रावण २२ - राष्ट्रिय जनमुक्ति पार्टी सम्बद्ध लिम्बुवान प्रान्तीय परिषदले आव्हान गरेको बन्दका कारण मंगलबार पूर्वका ९ जिल्लाको जनजीवन विहानै देखि प्रभावित भएको छ । लिम्बुवान राज्य पुर्नस्थापना तथा समयसीमा भित्र संविधान जारी गर्न माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान प्रान्तीय परिषदले बन्द आहान गरेको हो । वि.सं.१८३१ साउन २२ अर्थात आजकै दिन लिम्बुवान स्वायत्त राज्यबाट एकात्मक शासन व्यवस्थामा विलय गरिएको भन्दै प्रत्येक वर्ष यस दिनलाई परिषदले कालो दिनको रुपमा मनाउंदै आएको जनाएको छ । परिषदले अरुण पुर्वका संखुवासभा, ताप्लेजुङ, पाचथर, ईलाम, झापा, धनकुटा, मोरङ्, सुनसरी र तेह्रथुम बन्द आव्हान गरेको जनमुक्ति पाटीले बताएको छ । बन्दका कारण ९ जिल्लामा यातायात प्रभावित भएको छ । बन्दमा एम्वुलेन्स, कुटनीतिक नियोगको गाडी, शव बहान, प्रेसको गाडी, दूधको गाडीलाई भने निर्वाध रुपमा चल्न दिने जनमुक्ति पाटीले जनायो । बन्दका कारण संखुवाससभा सदरमुकाम खाँदबारी, चैनपुर, मुढे लगायतका बजार पूर्णरुपमा बन्द छ । सदरमुकाम खाँदबारीवाट तल्ने लामो र छोटो दुरीका सवारी साधन पनि बन्द छ । जनवीवन प्रभावित चन्द्र कार्की तेह्रथुम- बन्दले यहाँको जनवीवन प्रभावित भएको छ । तेह्रथुम सहित धनकुटा, संखुवासभा, भोजपुर लगायतका जिल्लामा सवारी चलेका छैनन् । जिल्लाभरका कुनै पनि सडकमा सवारी नचल्दा यात्रुले सास्ती खेपेका छन् । तेह्रथुमका म्याङलुङ, वसन्तपुर, शुक्रवारे जिरिखिम्ती लगायतका वजार आंशिक रुपमा वन्द छन् । वन्दकर्ताको उपस्थित न्युन मात्रामा देखीए पनि वन्दको प्रभाव भने जिल्लाभर परेको छ । सदरमुकाम र अन्य वजार क्षेत्रमा प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । धनकुटामा पनि यातायात चलेन अबधेशकुमार झा धनकुटा,२२ साउन । बन्दका कारण आज धनकुटाको जनजिवन प्रभाबित भएको छ । कोसी राजमार्ग अन्तरगत धरान धनकुटा खण्डमा सवारी साधन चल्न सकेका छैनन् । यस्तै धनकुटा हिले ,धनकुटा तेह्रथुम खण्डमा पनि कुनैपनि सवारी साधन चल्न सकेको छैन् । सवारी साधन बन्द भएपनि सदरमुकाम धनकुटा लगायतका वजारहरु पनि खुलेको छ । खासगरि आजदेखी धनकुटामा हुने लोकसेवा आयोगको परिक्षाार्थीहरु यातायात बन्दका कारण समस्यामा परेका छन् । सप्तरी ,सिरहा,मोरङ लगायतका तराइका जिल्लावाट लोकसेवाको परिक्षाका लागि धनकुटा आउन लागेको परिक्षार्थीहरु धरान, भेडेटार लगायतका स्थानमा रोकिएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger