Widgets

Home » » खेलाडीलाई अब वैज्ञानिक प्रशिक्षण

खेलाडीलाई अब वैज्ञानिक प्रशिक्षण

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

राखेप

काठमाडौ, श्रावण २२ - नेपाली खेलाडीलाई अब वैज्ञानिक प्रशिक्षण गराइने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार जानकारी दिएको छ । राखेपका सदस्य सचिव युवराज लामाको अध्यक्षतामा रहेको प्राविधिक कार्यकारी बोर्डले अब नेपाली खेलकुदमा वैज्ञानिक पद्धति अपनाउने निर्णय गरेको हो । खेलाडीहरूको प्रदर्शन क्षमता अभिवृद्धि, नेतृत्व तथा व्यक्तित्व विकाससँगै योजनाबद्ध प्रशिक्षण एवं मानव संसाधनको विकासका लागि भन्दै १२ बुँदे निर्णय राखेपले सार्वजनिक गरेको छ । यस अन्तर्गत स्वास्थ्य परीक्षण (मेडिकल, पल्मोनरी फङ्सन, ल्याब टेस्ट), शारीरिक परीक्षण -इन्डुरेन्स, स्टे्रन्थ, स्पिड, साधारण तथा खेलविशेष तन्दुरुस्ती परीक्षण), मानसिक तथा मनोवैज्ञानिक व्यवस्थापन तालिम -योग र काउन्सिलिङ), पोषक तत्त्व, खेल मनोविज्ञान, जीव यान्त्रिक विज्ञानका सिद्धान्त र विश्लेषण, खेल नेतृत्व विकास तालिम, नियमित तथा व्यवस्थित विज्ञानसम्मत खेलकुद तालिम, आन्तरिक तथा बाह्य एक्सपोजर, रिह्याविलिटेसन, प्राविधिक नियमसम्बन्धी ज्ञान र नियमित मूल्यांकन रहेका छन् । नेपाली खेलकुद इतिहासमा यसरी वैज्ञानिक तालिममा जान लागेको पहिलोपल्ट हो । राखेपका सदस्य सचिव युवराज लामाका अनुसार अहिले राष्ट्रिय टिमको तयारीमा रहेका १० टिमले ६ महिनासम्म पहिलो चरणमा यसरी नै अभ्यास गर्दै लाने र त्यसपछि राष्ट्रिय टिमलाई छुट्टै राखिने बताए । उनले भने,'अहिले बिहानमात्र डाइटका लागि ७ हजार ५ सय दिन लागेका छौं । र, घरमा यसरी डाइट मिलाएर खानु भन्नका लागि सम्बन्धित विज्ञबाट सिकाउनेछौं । पछि क्याम्पमै राखिनेछ ।' यस वर्ष सरकारले राष्ट्रिय टिमको तयारीका लागि २ करोड २५ लाख रुपैयाँ दिएको छ । लामाका अनुसार भदौमा दक्षिण कोरियाबाट दुई विज्ञ आउनेछन् । प्राविधिक कार्यकारी बोर्डले जिल्लाअनुसार खेलिने खेलहरूलाई पनि वर्गीकरण गरेको छ । साथै, प्रशिक्षक परिचालनको १२ महिने तालिका र स्वयंसेवी प्रशिक्षकका बारेमा पनि निर्णय भएको छ । दुई वा सोभन्दा बढी काम गर्दै आएको र सम्बन्धित संघ, मुख्य प्रशिक्षक र सम्बन्धित जिल्लाको सिफारिसमा स्वयंसेवक प्रशिक्षक हुन पाइनेछ । जसले तलब नपाउने तर अन्य सुविधा र भत्ता पाउने लामाले जानकारी दिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger