Widgets

Home » , » सौन्दर्य बढाउँछ स्तनपानले

सौन्दर्य बढाउँछ स्तनपानले

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

breast feeding

काठमाडौ, श्रावण २२ - स्तनपानले स्तन झोलिने, बूढी भइने जस्ता सोचाइ सहरी महिलामा अझै छ । तर सौन्दर्य विशेषज्ञले यसबाट सुन्दरता झन् बढ्ने बताएका छन् । स्तन झोलिने, अनाकर्षक छाला, चाया, हार्मोनसम्बन्धी समस्याको कारणमध्ये शिशुलाई नियमित रूपमा स्तनपान नगराउनु रहेको दाबी सौन्दर्य विशेषज्ञको छ । 'शिशुलाई नियमित स्तनपान गराउने आमाको सौन्दर्यमा वृद्घि हुनुका साथै उनीहरूको शरीर पुनः छिट्टै स्वाभाविक अवस्थामा र्फकने गरेको छ,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णले भने, 'स्तनपानबाट स्वाभाविक हार्मोन लगायतका रसायनहरूको प्रवाहले गर्दा गर्भधारण र शिशु जन्मेपछि शरीर र छालामा देखिएका परिवर्तन स्वाभाविक अवस्थामा र्फकन सहज हुन्छ ।' उनका अनुसार स्तनपान नगराउनु पनि स्तन झोलिने, अनाकर्षक छाला, चाया, हार्मोनसम्बन्धी समस्याको एउटा कारक तत्त्व हो । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०११ को तथ्यांकअनुसार सहरीकरणको बढ्दो प्रक्रिया र आमाको दूधको साटो सहरका बच्चाहरूलाई प्रायः सट्टा दूध -धूलो वा अन्य दूध) खुवाउने प्रचलन बढेको छ । 'अझै सहरी क्षेत्रमा स्तनपानले सौन्दर्य बिगि्रने धारणा कायमै छ,' स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. सेनेन्द्रराज उप्रेतीले भने, 'उनीहरूमा स्तनपानले छिट्टै बूढी हुने, फिगर मेन्टेन नहुने, स्तनको आकार बिगि्रने गलत धारणा देखिने गरिन्छ ।' डा. उप्रेतीले विभिन्न अध्ययनलाई औंल्याउँदै भने, 'यो प्रमाणित भइसकेको छ कि निरन्तर स्तनपानले सौन्दर्यलाई फर्काउँछ । अझ स्वाभाविक अवस्थामा ल्याउँछ ।' अध्ययनअनुसार शिशुलाई नियमित रूपमा स्तनपान गराउने आमाको सौन्दर्यमा वृद्घ िहुनुको साथै उनीहरूको शरीर छिट्टै स्वाभाविक अवस्थामा र्फकने गरेको छ । स्तनपान गराउनाले महिलाको शरीरमा बोसो बढ्दैन र हार्मोन सन्तुलित हुन्छ । विज्ञहरूका अनुसार यसले उनीहरूको शरीर सुडौल हुनुका साथै सुन्दरतासमेत बढ्छ । विभिन्न अध्ययनअनुसार स्तनपान गराउने आमाहरूमा उच्च रक्तचापको जोखिम कम हुनुका साथै मधुमेह, कोलेस्ट्रोल र मुटुको रोग हुने खतरासमेत कम हुन्छ । 'चालीसको उमेरपछि गर्भधारण र कम समय अन्तरालमै बारम्बार गर्भधारणले स्तन झोलिने समस्या देखिन सक्छ,' स्तन झोलिनुको कारण स्तनपान नभएको उल्लेख गर्दै डा. कर्णले भने, 'त्यसैले सकेसम्म गर्भावस्थामा शरीरको तौल सन्तुलित राख्नुका साथै सन्तान जन्मेपछि समेत तौललाई क्रमिक रूपमा सामान्य अवस्थामा फर्काउनु पर्छ ।' बढी उमेरका आमाहरूमा देखिने स्तन झोलिने समस्याको उपचार शल्यक्रिया र लेजर पद्धति रहेको डा. कर्ण बताउँछन् । यसअन्तर्गत स्तन पुनः निर्माण शल्यक्रिया र अल्ट्रा सोनिक रेडियो पि|mक्वेन्सी लेजरले स्तनको छालालाई 'टाइट' गर्नुपर्छ । यूएस डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमेन सर्भिस, अफिस अफ वोमेन्स हेल्थको तथ्यपत्रअनुसार स्तनपान गराउने आमाहरू अस्टियोस्पोरोसिस अर्थात हाड कमजोर हुनबाट जोगिनुका साथै तौलमा समेत कमी आउने गरेको छ । यसबाट सुत्केरी हुँदा अस्वाभाविक रूपमा बढ्न जाने महिलाको तौलमा सन्तुलन आउँछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger