Widgets

Home » » नेपाली कलाकार मलेसिया ओइरिए

नेपाली कलाकार मलेसिया ओइरिए

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

artist

क्वालालम्पुर, श्रावण २२ - देशमा तीजको रौनक नजिकिंदै गर्दा ख्यातिप्राप्त नेपाली कलाकार भने मलेसिया ओइरिएका छन् । मुस्लिम धर्मावलम्बीहरुको महान चाड रमदानको छुट्टीको उपयोग गर्दै यसपाली समून्द्रपारीको यो मुलुक नेपाली संगीतमा झुम्दैछ । बर्षैपिच्छे सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको जिरोमाइल एसडिएन विएचडीले बुधबारदेखि लगातार ४ दिनसम्म 'रिमिक्स धमाका' गर्दैछ । त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ, मलेसियाले बिहीबारदेखि लगातार चारैदिन 'एभरेष्ट कन्सर्ट' गर्दैछ । दुवै आयोजक संस्थाले ख्याति कमाइसकेका कलाकारहरुलाई मलेसिया निम्त्याएका छन् । रोजगारीका क्रममा मलेसियामा रहेका नेपालीले यसपाली दुई सांगीतिक कार्यक्रमको मज्जा लिदैंछन् । त्यसो त हरेकवर्ष यस्ता कार्यक्रमको रमितामा रतिएका नेपालीलाई यसपाली पनि रमाउने अवसर जुरेको हो । त्यस्तै रिमिक्स धमाकाकोलागि लोक दोहोरीका रामजी खाँड र मुना थापा मगर, नायिका सुस्मा कार्कीदेखि नेपाली सिनेक्षेत्रका सुपरस्टार भुवन केसीसम्मले मनोरञ्जन दिनेछन् । उनीहरुसहित गायक शिव परियार, हाँस्यकलाकार कमल गाउँले, नायिका रिमा विश्वकर्मा प्रस्तुती पनि दर्शकका रोजाइमा छन् । ती कलाकार सोमबार बेलुका मलेसिया उत्रिसकेका छन् । त्यस्तै एभरेष्ट कन्सर्टकालागि विश्वकै होचा व्यक्तिका रुपमा 'गिनिज बुक' मा नाम लेखाइसकेका चन्द्रबहादुर डाँगीदेखि लोकदोहोरीका मिलन लामा र हाँस्य कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा ), नायिका निता ढुंगाना, भावना गुरुङ, गायिकासमेत रहेकी विष्णु चेमजोङ, पप गायक रोज मोक्तान, सम्झना लामिछाने लगायतका कलाकारले स्टेज तताउँदैछन् । उनीहरु मंगलबार बेलुका मलेसिया उत्रंदैछन् । कार्यक्रममा हजारौं दर्शक सहभागी गराउन आयोजकहरु कस्सिएका छन् । दुवै कार्यक्रमले फरक-फरक लक्ष्य बोकेका छन् । एभरेष्ट कन्सर्टमा मनोरञ्जनमात्रै नभई सर्वोच्च शिखर सगरमाथा, विश्वकै होचाको उपाधि पाइसकेका चन्द्रबहादुर डाँगीसहित नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको आयोजक संस्थाको दावी छ । संस्थाले बुधबार दिउँसो कार्यक्रमबार थप जानकारी दिन रोयल चुलान होटलमा पत्रकार सम्मेलन गर्ने जनाएको छ । तर, रिमिक्स धमाका भने दर्शकलाई भरपुर मनोरञ्जनकालागि गरिएको आयोजकहरु बताउँछन् । यी कार्यक्रम मलेसियाको राजधानी क्वालालम्पुरमा मात्र होइन, धेरै नेपाली कार्यरत रहेका मुख्य शहरहरु जोहोरबारु, पेनाङ, केलाङ-मेरु र बातुपहातमा फरक फरक मितिमा हुंदैछन् । एभरेष्ट कन्सर्ट आयोजनामा जुटेका नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष सुन्दर आले कार्यक्रम सफल हुनेमा विश्वस्त छन् र भन्छन्, 'नेपाल, सगरमाथा लगायतको प्रवर्द्धन र मनोरञ्जन एकैसाथ दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।' उनले भने, 'पूर्ण रुपमा सफल हुनेमा विश्वस्त छौं ।' अर्को कार्यक्रम आयोजक जिरोमाइलका इश्वरीप्रसाद ढकाल पनि धुम मच्चाउनेमा ढुक्क छन् । बर्षेनी कार्यक्रम गर्दै आएका उनले भने, 'हामीले विगत ५ बर्षदेखि बर्षेनी रिमिक्स धमाका गर्दै आएका छौं र यसबाट धेरै अनुभव लिइसकेका छौं ।' उनले थपे, 'त्यसैले यसपाली पनि सप­­mल हुनेमा ढुक्कै छौं ।' एभरेष्ट कन्सर्टलाई आइएमई र आइ-टेल लगायत नेपालीकै लगानी रहेका कम्पनीले प्रायोजन गरेका छन् । रिमिक्स धमाकालाई प्रभु मनि ट्रान्सफर लगायत कम्पनीहरुको प्रायोजन-साथ छ । नेपाली दर्शकका माया उति नै पाउँदै आएका नेपाली कलाकार पछिल्लो बर्ष विदेशमा हुने कार्यक्रममा भाग लिने क्रम बढ्दै गएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger