Widgets

Home » » मृत्युसँग जुध्दैछन् स्वामी प्रपन्नाचार्य (तस्वीरसहित) आदिवासी जनजातिले बिर्सिए किरात इतिहासकार

मृत्युसँग जुध्दैछन् स्वामी प्रपन्नाचार्य (तस्वीरसहित) आदिवासी जनजातिले बिर्सिए किरात इतिहासकार

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२२ साउन, काठमाडौं । आज विश्व आदिवासी दिवस । आदिवासी जनजातिहरुले राजधानीमा भव्य कार्यक्रम गरेर विश्व आदिवासी दिवस मनाइरहेका छन् । तर, नेपालका एकजना आदिवासी जनजाति मूलका प्रखर विद्वान एवं इतिहासविद् स्वामी प्रपन्नाचार्यलाई भने कसैले पनि वास्ता गरेका छैनन् । ९४ वर्षीय प्रपन्नाचार्यलाई पशुपति क्षेत्रको मृगस्थलीमा सिलिन्डरबाट अक्सिजन दिनुका साथै मुत्रनलीमा पाइप लगाएर राखिएको छ ।
1
इलाममा ९४ वर्षअघि जन्मिनुभएका प्रपन्नाचार्यको वाल्यकालको नाम काले राई हो । ३० वर्षको भएपछि क ख पढ्न थाल्नुभएका उहाँले बनारसमा विद्यावारिधि गर्नुभएको हो । पूर्वराजसभा स्थायी समितिको सदस्यसमेत रहनुभएका राईले किरात इतिहासलगायत धेरै पुस्तकहरु लेख्नुभएको छ । उहाँले किरात र आर्यहरु एकै वंशका सन्तान हुन् भन्ने विचार अगाडि सारेपछि आदिवासी जनजाति आन्दोलनका पक्षपातीहरुले उहाँको आलोचना गर्दै आएका छन् । साथै उहाँ हिन्दूराष्ट्र नेपालको पक्षधर मानिनुहुन्छ । किराँतहरू पनि हिन्दु नै हुन भन्ने प्रपन्नाचार्यको निष्कर्ष छ ।
2
प्रपन्नाचार्यको उपचारमा राज्यले कुनै वास्ता नगरेका कारण उहाँको अवस्था जटिल बन्दै गएको सहयोगीहरुले बताए । अरुले त वास्ता गरेनन् गरेनन्, पूर्वराजा ज्ञानेन्द्र एवं हिन्दूराष्ट्रका पक्षपाती कमल थापाहरुले पनि यतिबेला यी वृद्धको स्वाथ्य अवस्थाबारे चासो राखेका छैनन् । ‘म विरामी परेको धेरै भयो, कसैले वास्ता गरेनन् ।’- जीवनभर अविवाहित र एक्लो रहनुभएका प्रपन्नाचार्यले भन्नुभयो ।
3
नेपाली कांग्रेसका नेता आनन्दसन्तोषी राईले विश्व आदिवासी दिवसका दिन विहान प्रपन्नाचार्यसँग भेट गर्नुभयो । ‘मलाई आर्शिवाद र उपदेश दिनुपर्यो ‘- कांग्रेस नेता राईले यस्तो आग्रह गर्दा प्रपन्नाचार्यले भन्नुभयो, ‘जतिखेर बोल्न सक्थें, त्यतिखेर तिमीलाई उपदेश चाहिएन, अहिले बोल्नै सक्दिँन, के उपदेश दिनु ? तैपनि सफल हुने हैन, असल हुने काम गर्नू ।’
प्रपन्नचार्यको आश्रयस्थल




















प्रपन्नचार्यको आश्रयस्थल

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger