Widgets

Home » » ११ घण्टापछि दुई बालक सकुशल अपहरणमुक्त

११ घण्टापछि दुई बालक सकुशल अपहरणमुक्त

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
निमुसंगम घर्ती २२ साउन, दाङ । स्कुलबाट घर फर्कदै गर्दा अपहरणमा परेका दुई बालकलाई दाङमा प्रहरीले झण्डै ११ घण्टापछि सकुशल अपहरणमुक्त गरेको छ । तुलसीपुर नगरपालिका-८ दुधेनाका ९ बर्षीय दुई वालक सोमवार अपराहृन ४ बजे अपहरणमा परेपछि र प्रहरीले खोजतलासका क्रममा गएराति साढे २ बजे मानपुर ९ पत्रेखोलाबाट अपहरणमुक्त गरेको हो । दुधेनास्थित शान्तिदिप स्कुलमा कक्षा ४ मा पढ्दै आएका केशब वली र शुलभ वलीलाई स्कुलबाट घर फर्कदै गर्दा नचिनेका व्यक्तिहरुले मोटरसाइकलमा हालेर लगेका थिए । अपहरणकारीले ति बालकहरुलाई अपहरण गर्नु अघि मिठाई र पैसा दिएर फकाइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रहरीले अपहरणका मुख्य योजनाकार सहित एउटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । अपहरणका मुख्य योजनाकार तुलसीपुर-८ दुधेना निवासी २२ वर्षीय इन्द्रबहादुर विकलाई पक्राउ गरेपछि उनकै बयानका आधारमा बालकहरुको उद्दार गरिएको दाङ प्रहरी प्रमुख शरदकुमार खत्रीले जानकारी दिनुभयो । छिमेकी अन्य दुई जना पनि अपहरणमा संलग्न रहेको बिकले प्रहरीसामू बयान दिएका छन् । बिकले बालकहरुलाई सिमापारी भारत लैजाने योजना बनाएको बयान दिएका छन् । तुलसिपुर अमेलिया रोड हँुदै बाँके प्रबेश गर्न लागेका बिकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले फूलबारी गाबिसको रनियापुरको जंगलमा रा १ प ४१८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger