भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ साउन, स्याङजा । गोरु काटेर खाएको अभियोगमा सोमबार यहाँ पाँचजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बरुबालका अनुसार पक्राउ पर्नेहरूमा सोही गाविस वडा नं ९ का हस्तबहादुर क्षेत्री, कृष्णबहादुर क्षेत्री, राजेन्द्रबहादुर क्षेत्रीका छोरा कृष्णबहादुर क्षेत्री, रेशम पौडेल र शिव भन्ने वेदप्रसाद पौडेल रहेका छन् ।
उनीहरूले चिलाउनेबास गाविस वडा नं ८ की पद्माकुमारी पौडेलको गोठमा रहेको गोरु चोरेर वडा नं ९ स्थित अन्धाअन्धी खोलाको किनारमा लगेर काटेर खाएका थिए ।
प्रहरी निरीक्षक बरुबालका अनुसार उनीहरूले गोरुको केही मासु खाएका र केही त्यही ठाउँमा पुरेर राखेको अवस्थामा पशुसेवा कार्यालयका पशु विकास अधिकृत महेन्द्र मल्ल र प्रहरीको टोलीले गाडिएको मासु उत्खनन गरी उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई गौबधसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । रासस
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.