Widgets

Home » » ४५ वर्षदेखि अस्पतालको बेडमा

४५ वर्षदेखि अस्पतालको बेडमा

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
४५ वर्षदेखि अस्पतालको बेडमा
रियो द जेनेरियो — ब्राजिलका पाउलो हनेरिक मकादोले आफ्नो लगभग पूरै जीवन अस्पतालमा बिताएका छन्। ४५ वर्षदेखि उनी ह्विल चेयरमै छन्। बाल्य अवस्थामा पोलियो भएर अशक्त भएका उनलाई अब श्वास फेर्न पनि कृत्रिम उपकरण आवश्यक पर्छ। कम्प्युटर एनिमेशनको तालिम लिएका हेनरिक अहिले आफ्नो जीवन बारे एक टेलिभिजन श्रृङ्खला तयार पार्दैछन्। 'अस्पताल नै मेरो संसार हो। बाल्यकालमा पनि मसँग खेल्नलाई खेलौना थिएनन् तर म कल्पनाशीलता प्रयोग गरेर मैले मनोरञ्जन गरेँ', उनले भने। हेनरिक मकादो दुई वर्षको छँदा उनकी आमाको निधन भयो। त्यस लगत्तै उनलाई पोलियो रोग लाग्यो। उनी अस्पताल भर्ना भए ताका अस्पतालमा नयाँ नर्स आइन्- लिगिया मार्सिया फिजेटो। 'पोलियो ग्रस्त ती बच्चालाई हेर्दा निकै दुःख लाग्थ्यो। उ बेडमा लडिरहन्थ्यो र असाध्यै कम हर्कत गर्थ्यो', नर्स मार्सिया अहिले सम्झिन्छिन्। हिँडडुल गर्न नसक्दा उनका साथीहरु धेरै हुँदैनथे अस्पतालमा आउने नजिकका मान्छेहरुलाई नै उनी साथी बनाउथे। 'मसँग एलियाना, पेड्रिन्हो, एंडरसन, क्लाँडिया, लुसियाना एवं तानिया थिए। ती सबै १० वर्षभन्दा बढी यहाँ बसे।' निर्दोष बाल्यकालमा उनले कहिलै सोचेनन् कि आफ्ना साथी थोरै हुनेछन्। सन् १९९२ सम्म केही बच्चाहरुको स्वास्थ्य अझ बिग्रियो धेरै संसार छाडे र अस्पतालबाट फर्किए। 'त्यो निकै गाह्रो समय थियो। हरेक साथीले अस्पताल छोड्दा आफ्नो अंग काटे जस्तो हुन्थ्यो। अब सिर्फ म र एलियाना बाँकी छौं।' डाक्टरहरु पनि जान्दैनन् कि मकादो र एलियाना कसरी यति लामो समयसम्म जीवितै छन्। मकादो हरेक दिन विहान उठेर सबैभन्दा पहिले आफ्नो छिमेकी बेडमा रहेका एलियानाको अनुहार हेर्छन्। 'हाम्रो सम्बन्ध अनौठो छ। कोही कोही भन्छन् हामी पति पत्नी जस्ता छौं रे। तर हैन वास्तविकतामा हामी भाइ बहिनी जस्ता छौं', मकादो भन्छन्। संक्रमणबाट बच्नका लागि उनलाई अस्पतालमै बस्नुपर्ने बाध्यता छ। आक्कल झुक्कल बाहेक बाहिर निस्कन मिल्दैन। 'करिब ५० पटक अस्पताल बाहिर निस्केँ होला', मकादो सुनाउँछन्। 'पहिलो पटक समुन्द्र देख्दा उनलाई अनौठो लाग्यो। समुन्द्र देखेको समय निकै यादगार छ। त्यो बेला म ३२ वर्षको थिएँ। मैले कारको ढोका खोले र सामुन्नेको पानीलाई हेरेँ। क्षितिज पारिसम्म पानी देखेपछि आफैँलाई प्रश्न गरे- यो के हो?' लामो समयदेखि अस्पतालमै रहेका मकादो तथा एलियानालाई केही सामग्री राख्ने छुट अस्पतालले दिएको छ। एलियानातिर खेलौना-किताब तथा मकादोतर्फ फिल्मसँग सम्बन्धित सामग्री छन्। साथै उनीहरुसँग २ शक्तिशाली कम्प्युटर पनि छन्। ती कम्प्युटरबाट उनीहरु ग्राफिक्स एनिमेशनको तालिम लिन्छन्। मकादोले एलियानाले लेखेको एक पुस्तकमा आधारित थ्रि डी फिल्म बनाउने जिम्मा लिएका छन्। त्यसका लागि उनले ६५ हजार अमेरिकी डलरको फन्ड पनि अनलाइन क्याम्पियनद्वारा जुटाइसकेका छन्। कार्टुनिष्ट बुनो सजेले दुई वर्षदेखि मकादोलाई सहयोग गरिरहेका छन्। उनी पहिलो पटक अस्पताल आउँदा त्यसबेला मकादो र एलियानाको कोठामा निकै शान्तिपूर्ण थियो। 'अस्पतालमा रोगीहरु गम्भीर अवस्थामा थिए। उनीहरु ऐया आत्थो गरिरहेका र रोइरहेका थिए। तर जब म मकादोको कोठामा छुरे त्यहाँको दुनियाँ अलग थियो। शान्ति थियो।' बुनोको अनुभवमा मकादो सधैँ चुट्किला सनाइरहन्छन्। 'हामीबीच जे कुराकानी हुन्छ त्यो मकादोको एनिमशेनमा देखिन्छ। यो उनको चरित्रप्रति लक्ष्यित छ।' नर्स मार्सिया फिजेटो मकादोको उपलब्धि देखेर दंग छिन्। 'फिल्म बनाएर उनी आफ्नो उद्देश्य पूरा गर्दैछन्। यो अद्भुत काम नै हो। उनको यो साहस देखेर मलाई निकै खुशी लाग्छ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger