Widgets

Home » » फेसबुक ट्विटरको 'एडिक्ट' बन्नुभयो कि? आफूलाई जाँच्नुहोस्

फेसबुक ट्विटरको 'एडिक्ट' बन्नुभयो कि? आफूलाई जाँच्नुहोस्

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
फेसबुक ट्विटरको 'एडिक्ट' बन्नुभयो कि? आफूलाई जाँच्नुहोस्
सामाजिक सञ्जाल प्रयोग रमाइलै छ। त्यसलाई सही तरिकाबाट प्रयोग गर्ने हो भने ब्यक्तित्व विकासमा पनि सहयोग गर्छ। कतिपय राजनीतिक आन्दोलन र लोकल्याणका काम पनि समाजिक सञ्जालले सघाएका उदाहरण छन्। तर यसको लतमा फसियो भने आफ्नो दैनिक कामै अस्तव्यस्त हुने खतरा पनि उत्तिकै छ। यसले तपाईको ब्यक्तिगत समय र सान्त दिमागलाई बर्वाद गर्दिनसक्छ। 
कतिपय अवस्थामा महत्वपूर्ण कामै छुटाइदिन्छ। फेसवुक, ट्वीटर र युट्युबका प्रयोगकर्ता विश्वमै बढी छन्। सामाजीक सञ्जालको लत किशोर अवस्थामा छिटो पर्छ तर यसको लतबाट प्रौडहरु पनि बच्न सकेका छैनन्। कसरी छुट्याउने त यसको लतमा परेको ? कृपया तलका बुँदा पढ्नुहोस् कतै तपाइँ सामाजिक सञ्चालको 'एडिक्ट' त बन्नु भएको छैन?

१) विहान उठ्नासाथ फेसवुक स्ट्याटस अपडेटलाई मुख्यकामको रुपमा लिने। सुत्न जानु अघि पनि स्ट्याटस परिवर्तन गर्न नभुल्ने।

२) ब्यस्त भएको समयमा पनि मोवाइल वा ट्याबमार्फत् लाइक, कमेन्ट हेर्न नछुटाउने र त्यसको रिप्लाई पनि गरिहाल्ने। विभिन्न साइनहरु पनि पोष्ट गर्ने।

३) बिदा मनाएर नफर्कदै विदामा खिचिएका तस्विरहरु सोसल मिडियामा पोष्ट गर्न हतारिने। तपाइँको 'होलीडे' प्रति संसार नै आकर्षित छ कि जस्तो गरी होलीडेकै समयमा निरन्तर फेसबुक अपडेट गरिरहने।

४) दैनिक रुपमा साथीहरुको न्युजफिड र नयाँ तस्विरहरु अपडेट भएकी भन्दै साथिहरुको पेज चेक गरिरहने। कसको पेजमा के अपडेट गरिएको छ भन्दै चासो दिएर हेर्ने।

५) ट्वीटरमा अरुले गरेका ट्वीटलाई रिट्वीट गर्ने, रिप्लाई गर्ने प्रक्रियालाई दैनिक रुटिङ नै बनाउने। आफ्नो काम विग्रेको थाहा पाउँदा पाउँदै पनि यी कामहरु गर्न नछाड्ने।

६) मोबाइलको पैसा फोन नगरी सकिने स्थिति किनभने मोबाइलबाट सोसल मिडिया बढी र फोन कम प्रयोग हुनु। ड्राइभिङ, खाने समय, काम गर्ने समय र सुतेको समयमा पनि मोवाइलमार्फत् अनलाइनमा बसिरहने।

७) ब्रेकिङ न्युज जसरी स्ट्याटस अपडेट गर्ने। बाटोमा हिंड्दै गर्दा अचानक आउने कुराहरु, मिटिङ, लन्च, ट्राफिक जाम जस्ता कुराहरुलाई स्ट्याटस बनाउने।

८) इन्गेजमेन्ट मिति, एनिभरसरी मिति, वैवाहिक कार्यक्रम र सम्वन्ध विच्छेदका कुराहरु लेख्ने पेल्टफार्म सोसल मिडियालाई बनाउने।

९) राती सुतिरहेको समयमा अचानक ब्युझिनुभयो भने फेसवुक वा ट्वीटर एकाउन्ट फोनमा चेक गर्न नबिर्सने।

१०) सामाजिक सञ्जालमा राख्ने तस्विरलाई मिलाउनको लागि र इफेक्ट दिनको लागि लामो समय फोटोसपमा समय खर्चने। भरर्चुअल आइडन्टीटी नै गुम्ने गरी नै तस्विरमा इफेक्ट दिने जसले गर्दा तस्विर नाटकीय बनोस्।

११) युटुवमा दोहोर्‍याइ दोहोर्‍याइ भिडियो हेर्ने र साथीलाई उसको आग्रह बिना नै भिडियो सेयर गरिदिने।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger