Widgets

Home » » बौद्ध स्तुपामा एक तिब्बतीद्वारा आत्मदाह घट्ना आत्महत्या वा आत्मदाह अनुसन्धान हुँदै

बौद्ध स्तुपामा एक तिब्बतीद्वारा आत्मदाह घट्ना आत्महत्या वा आत्मदाह अनुसन्धान हुँदै

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण २२ - राजधानीको बौद्धस्थित स्तुपा परिसरमा एक तिब्बतीयन नागरिकले शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । प्रहरीले उनले आत्महत्या गरेको वा राजनीतिक रुपमा बाहिरी जगतको ध्यानाकर्षण गराउन आत्मदाह गरेको खुल्न नसकेको बताएको छ । शारीरिक रुपमा अशक्त ४० वर्षीय ति व्यक्तिले मंगलबार बिहान स्तुपाको एक कुनामा गएर आफूलाई आगो लगाएका हुन् । महानगरीय प्रहरी वृत बौद्धका डिएसपी मनोज केसीले घट्नाबारे अनुसन्धान भइरहेको बताए । उनी आफै शारीरिक रुपले अशक्त थिए र प्रचार प्रसार पाउने गरी सार्वजनिक स्थान भन्दा पनि कुनामा गएर आफूलाई मारेकाले यो आत्महत्या हुनसक्ने डिएसपी केसीले बताए । 'फ्रि तिब्बत' को राजीतिक मुद्दासंग यो घट्ना जोडिएको हुन नसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको केसीले जनाए । प्रहरीले आत्महत्या वा आत्मदाह दवै हुनसक्ने शंकाका आधारमा अनुसन्धान थालेको छ । मृतकको नाम र ठेगाना खुलिसेको छैन । उपचारका लागि शिक्षण अस्पताल पुर्याइएपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । यसअघि बौद्धकै एक रेस्टुरेन्टमा एक तिब्बतीले आत्मदाह गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger