Widgets

Home » » 'ए प्रभु ! छोरी बचाई देउ' अस्पतालमा डाक्टर नहुँदा समस्या

'ए प्रभु ! छोरी बचाई देउ' अस्पतालमा डाक्टर नहुँदा समस्या

Written By sangalo on Tuesday, August 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

women

काठमाडौ, श्रावण २२ - रुगा गाविस वडान ४ कि १९ वर्षीया पिन्की लावड सोमबार राति १० बजेबाट अस्पतालको शैयामा मृत्यसँग लडि रहेकी छन् । लगातार रगत बगी रहँदा मृत्युको दोसाधमा पुग्न थालेपछि साथमा बसेकी उनकी आमा देउकला लावड छोरी बचाईदेउ भन्दै भरभर आँसु बगाई रहेकी छन् । 'ए प्रभु ! छोरी बचाई देउ' भन्दै देउकला स्वास्थ्यकर्मीलाई हात जोड्दै एक रात बिताई सकेकी छन् । सुत्केरी हुन जिल्ला अस्पताल भर्ना भएकी लावडको बच्चा जन्मिएपनि रगत नथामिदा ज्यान अत्यन्तै जोखिममा रहेको निमित्त जिल्ला स्वास्थ्य अधिकृत पशुराम नेपालीले बताए । उनको पहिलो गर्भ भएको जिल्ला अस्पातल ठिनीले जनाएको छ । अस्पतालमा चिकित्सक नहुँदा जटिल समस्या उत्पन्न भएको छ । लावडको श्रीमान अर्की स्वास्नी लगेर भारत पलायन भएकोले एक्ली बुढी आमालाई छोरी बचाउन कठिनाई भएको हो । यता ५ दिनदेखि रारा अस्पतालमा लक्षमा बुढाको मरेका बच्चा जन्मिए पनि आमाको अवस्थामा सुधार आएको छैन । कति बेला ज्वरो आउने शरिर काँप्ने भइरहेको रारा अस्पतालका चिकित्सक किशोर परियारले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger