Widgets

Home » , » हलिउड सिनेमालाई बिर्साउने ऋतिकको ‘क्रिश ३’(भिडियो)

हलिउड सिनेमालाई बिर्साउने ऋतिकको ‘क्रिश ३’(भिडियो)

Written By sangalo on Monday, August 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
राकेश रोशनको निर्माण तथा निर्देशनमा तयार भएको नयाँ चलचित्र ‘क्रिश ३’ को प्रोमो सार्वजनिक गरिएको छ । ब्रेन सर्जरी पश्चात आराम गरिरहेका नायक ऋतिक रोशन, पि्रयंका चोपडा, विवेक ओबराय, कंगना रनावत लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा पनि चुलिएको छ ।चलचित्रलाई अत्याधुनिक प्रविधिले सिगारिएको छ । यसैले पनि यो चलचित्र हलिउडमा बनेकासुपरम्यान, स्पाइडरम्यान स्तरको भएको तर्क छ । प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा र व्यापारको आँकलन पनि सुरु भएको छ । यो चलचित्र तिहारमा प्रदर्शनमा आउँदैछ ।
‘कोई मिल गया’, ‘क्रिश’ पश्चात सिक्वेल स्वरुप ‘क्रिश ३’ निर्माण गरिएको हो । चलचित्रको प्रोमो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको साहरुख खान र दीपिका पादुकोण अभिनित चलचित्र ‘चेन्नाई एक्सप्रेस’सँगै पनि हेर्न सकिनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger