Widgets

Home » » अब घडीबाटै चेक गर्नुहोस् इमेल

अब घडीबाटै चेक गर्नुहोस् इमेल

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Click to enlarge image sony.jpg
टोकियो— तपाईलाई स्मार्ट घडी लगाउने शोख छ? सोनीको स्मार्ट घडीले तपाईंलाई अझै स्मार्ट बनाइदिन्छ। यो नयाँ 'स्मार्ट वाच २' सोनीको स्मार्ट सिरिजको अपग्रेडेड भर्सन हो। यो नयाँ घडीमा केही गजब फीचर्स रहेका छन्। घडीको स्क्रीन पहिलाको तुलनामा ठूलो र डिस्प्ले चम्किलो रहेको छ। यसको डिस्प्ले रेज्यूलोशन २२० x १७६ पिक्सल छ। यसको ब्राइटनेस प्रविधिको कारण घाममा पनि डिस्प्ले राम्रोसँग हेर्न सकिन्छ। घडीमा प्रयोग गरिएको ब्याट्रीले लामो समयसम्म ब्याकप दिने दिनेछ। यसमा इनबिल्ड एनएफसी प्रविधि रहेको छ जसको माध्यमबाट अर्को घडीसँग कनेक्सन मिलाउन सकिन्छ। वाटर प्रुफ क्वालिटीको यो घडीबाट फोन पनि गर्न सकिन्छ भने डाउनलोडेड इमेल पनि पढ्न सकिन्छ। घडीको एन्ड्रोइड स्मार्टफोन सिरिजसँग पनि सजिलै जोड्न सकिन्छ। यो घडी सेप्टेम्बर सम्ममा बजारमा आउने बताइएको छ। स्मार्ट घडी १५० डलरमा उपलब्ध हुनेछ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger